खोला, नदीको किनारमा बाढीले गर्नसक्ने जग्गा कटानीलाई रोक्न तथा हुनसक्ने सम्भावित क्षतिको न्यूनीकरणका लागि विभिन्न जैविक तथा अजैविक स्रोतको उच्चतम प्रयोग गरेर निर्माण गरिएको तटबन्धनलाई जैविक तटबन्धन भनिन्छ । आर्थिक रूपमा मितव्ययी तथा सामुदायिक स्तरमा सजिलै निर्माण गर्न सकिने हनालु कम विकसित राष्ट्रहरूमा जैविक तटबन्धनलाई  महङ्र्गो  क‌‌क्रिटयुक्त तटबन्धन वा ु ग्यालभेनाइज्ड जालीमा ढुङ्गा भरेर बनाइएको तटबन्धनको उत्तम विकल्प मानिन्छ । स्थानीय स्रोत र साधनको उपयोग हुने तथा विस्तृत प्राविधिक ज्ञानको त्यति आवश्यकता नहुने भएकोले पनि जैविक तटबन्धनको महत्व बाढी प्रभावित क्षेत्रमा बढ्दै गइरहेको छ ।

जैविक तटबन्धन निर्माण गर्दा बाढीले गरेको पूर्व क्षति, बाँध बाँध्ने स्थानको भू–बनोट, भविष्यमा हुनसक्ने सम्भावित क्षतिको अनुमान तथा त्यहाँको जैविक विविधतालाई आधार बनाउनु पर्दछ । यदि निर्माण स्थलको माटो बलौटे किसिमको सजिलै कटान हुनसक्ने तथा जैविक विविधताका दृष्टिकोणले अनुपयुक्त छ भने जैविक तटबन्धनभन्दा अन्य किसिमका तटबन्धन जस्तै– (क) ग्यालभेनाइज्ड जालीमा ढुङ्गा भरेको, (ख) पूरै कंक्रिटको अथवा दुवै किसिमको तटबन्धन बनाउनुपर्ने हुन सक्दछ । यसरी उचित प्रकारको तटबन्धन छान्दा बाढीको पानीको वेग मापनको पूर्व अनुभवलाई पनि विचार पुर्याउनुपर्दछ ।

खानेपानीका स्रोतहरुको व्यवस्थापन गर्न तल दिइएको सामाग्री सहयोगी हुनसक्छ।

Embed Code

Copy the given code snippet and paste in your website where you want to place our collection items

<iframe src="https://floodresilience.net.np/widget?module_id=212&tmpl=component&showembed=no&descsize=14&desclength=300" height="450" width="450" scrolling="yes" frameborder="0"></iframe>
जैविक तटबन्धन निर्माण तथा व्यवस्थापन

जैविक तटबन्धन निर्माण तथा...

यस ज्ञान पुस्तिकामा स्थानीयस्तरमा जैविक तटबन्धन निर्माण गर्न आवश्यक प्राविधिक जानकारी समेटीएको छ।