पोर्टलको बारेमा
पोर्टलको बारेमा
बाढी उत्थानशील पोर्टल, नेपाल ज्युरिक बाढी उत्थानशीलता कार्यक्रमको एक उपलब्धि हो । यसको मुख्य उद्देश्य बाढी न्यूनीकरणका प्रविधिका साथै बाढी उत्थानशीलतासम्बन्धी ज्ञान प्राप्त गर्न सकिने थलोको रूपमा विकास गर्नु हो ।
बाढी उत्थानशील पोर्टलको सम्भाव्यता अध्ययन गर्दा हाल विपद् व्यवस्थापनसम्बन्धी ज्ञान र जानकारीहरूको कमी नभएपनि स्तरीय र सँगठित ज्ञानको अभाव भएको पाइयो । तसर्थ, आवश्यकताअनुसार बाढीसम्बन्धी ज्ञान र जानकारीहरू सँगठित गरी कार्यान्वयनकर्तासम्म पुर्याउन बाढी उत्थानशील पोर्टल प्रयासरत छ ।
यस Nepali Flood Resilience Portal मा नेपालमा बाढी जोखिम व्यवस्थापनको क्षेत्रमा भएका नवीनतम प्रयासहरू, मौसम पुर्वानुमान, भविष्यवाणी आदिलाई एकीकृत गर्ने योजना रहेको छ । बाढी जोखिम व्यवस्थापनमा Nepali Flood Resilience Portal ले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
कुनै प्रतिक्रिया, जिज्ञासा अथवा सुझाव भएमा, सम्पर्क गर्नुहोस् ।
अन्य जानकारीका लागी, कृपया हाम्रो ई-समाचारपत्र साइन अप गर्नुहोस् ।
सम्बन्धित सामग्रीहरु

