हाम्रो समुदायमा अझैसम्म परम्परागत शैलीमा बाँस, माटोका अत्र भण्डार (भकारी, डेहेरी) निर्माण गरेर अत्र राख्ने चलन छ । यसरी निर्माण गरिएको अत्र भण्डार बाढी प्रकोपको दृष्टिकोणबाट कमजोर तथा संवेदनशील हुनाले भण्डारण गरिएका अत्र तथा अन्य खाद्यवस्तु बाढीको पानी पसेर नष्ट हुनसक्ने सम्भावना बढी हुन्छ । तसर्थ, यस्ता परम्परागत शैलीमा निर्माण गरिने अत्र भण्डारलाई थप मजबुत बनाउन विभिन्न प्रविधिको प्रयोग गरेर तिनको सुधार गरी बाढीले निम्त्याउने खाद्यसंकटलाई न्यूनीकरण गर्न सकिन्छ ।

छिटै वा दैनिक रूपमा प्रयोग गरिने खाद्यान्न दाल, चामल, पिठो आदिको भण्डारण गर्न सामान्य खालका भण्डारण सामग्री जस्तै– ड्रम, टिन, प्लाष्टिकका भाँडा आदिको प्रयोग गरिन्छ भने लामो समय र ठूलो परिमाणमा भण्डारण गरिने खाद्यान्न जस्तै धान, गहुँ, मकै भण्डारण गर्न भकारी  वा भण्डार घरको प्रयोग गरिन्छ । नेपालमा तल उल्लेखित भण्डारण सामग्री तथा भण्डारहरू प्रचलित छन् । यी भण्डारहरूलाई थोरै मात्र सुधार वा व्यवस्थित गरेमा पनि बाढीको प्रकोपको बेला हुने सम्भावित क्षतिबाट बच्न सकिन्छ । 

खानेपानीका स्रोतहरुको व्यवस्थापन गर्न तल दिइएको सामाग्री सहयोगी हुनसक्छ।

 

Embed Code

Copy the given code snippet and paste in your website where you want to place our collection items

<iframe src="https://floodresilience.net.np/widget?module_id=211&tmpl=component&showembed=no&descsize=14&desclength=300" height="450" width="450" scrolling="yes" frameborder="0"></iframe>
बाढी प्रकोप अनुकूल अन्न भण्डार निर्माण तथा व्यवस्थापन

बाढी प्रकोप अनुकूल अन्न...

यस प्राविधि ज्ञानले समुदायको उत्थाशील क्षमता बदाउन सहयोग र्गदछ। साथै समय सन्दभिक प्राकृतिक प्रकोप,...