नेपालमा विपद जोखिम र पुर्व सूचना प्रणाली सुशासन सुधारको लागि नीति र अभ्यास सम्वन्धि छलफलको आवश्यकता

३० असोज २०७७

लेखक : कृष्ण  बसौला, प्राक्टिकल एक्शन

सह लेखक : लक्ष्मी अवस्थी र डा. धरमराज उपे्रती, प्राक्टिकल एक्शन

पृष्ठभुमि 

नेपालमा हरेक वर्ष ५०० भन्दा बढी बिभित्र प्रकोपका घटनाहरू हुने गर्दछन् । जसमध्ये बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक र गैरप्राकृतिक विपद्का घटनाहरु नियमित रुपमा घट्ने गरेका छन् । यसको परिणामस्वरूप ठूलो मात्रामा जनधनको क्षति हुने र जीविकोपार्जनमा प्रतिकूल असर पर्ने गरेको छ । पछिल्लो ४५ वर्ष (वि.सं. २०२८ देखि २०७२) को अवधिमा नेपालमा ४०,००० भन्दा बढी व्यक्तिहरूले विपद्का कारण आफ्नो ज्यान गुमाएका छन् । उच्च मृत्युदरको अतिरिक्त, उक्त अवधिमा ७५,००० भन्दा बढी व्यक्तिहरू घाइते भएका छन् भने करिब तीस लाख मानिसहरू प्रभावित भएका छन् ।

नेपालको संविधान, २०७२ को अनुसूची ७ मा प्राकृतिक तथा गैर प्राकृतिक विपद् पूर्वतयारी, उद्धार तथा राहत र पुनर्लाभ कार्यलाई सङ्घ र प्रदेशको साझा अधिकारको सूचीमा सूचीकृत गरिएको छ भने अनुसूची ९ मा संघ, प्रदेश र स्थानीय तह गरी तीनै तहको साझा अधिकारको सूचीमा विपद् व्यवस्थापनलाई राखिएको छ । अनुसूची ८ ले विपद् व्यवस्थापनलाई स्थानीय तहको एकल अधिकारको सूचीमा समेटेकोले यसमा स्थानीय तहको महत्वपूर्ण भूमिका हुनुपर्ने स्पष्ट छ । (विपद् पर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा मार्गदर्शन, २०६७ पहिलो संशोधन, २०७६)

नेपालमा पुर्व सुचना प्रणाली को विकास र विस्तार

२०७४ सालको साउनको अन्तिम सातातिर तराईका धेरै जिल्ला बाढीको चपेटामा परे । गृह मन्त्रालयको तथ्याङ्कअनुसार साउन २७ देखि ३० गतेका बीचमा बाढी तथा पहिरोबाट ९१ जनाले ज्यान गुमाएका थिए । त्यसै बेलाको कुरा हो, अस्ट्रेलियामा बसोबास गरिरहेका एक युवकले आफ्नो फेसबुक तथा ट्विटरमा नेपालको जल तथा मौसम विज्ञान विभागको सूचना पढेर थाहा पाए कि उनको घर रहेको चितवनको सौराहा क्षेत्रमा पनि पूर्वी राप्ती पस्न सक्ने खतरा छ । उनले तत्काल सौराहामा रहेका आफ्ना बालाई फोन गरेर त्यो ठाउँ छोडी अन्यत्र जान आग्रह गरे । नभन्दै केही घण्टापछि सौराहामा बाढी पस्यो । सात समुद्रपारी रहेका छोराको एक कलले एउटा परिवार जोगियो (दिवाकर प्याकुरेल, यसरी सुध्रिदैछ नेपालको बाढी पूर्वानुमान प्रणाली, अनलाइन खबर, २०७७ असार २७ गते)

थप हेर्नुहोस्...

Disaster Risk Governance in Nepal: Challenges and Way Ahead

October 13, 2020

By Dharam Raj Uprety, Bikram Rana and Krity Shrestha

Practical Action 

Background

Improving governance is one of the key priorities of Sendai Framework for Disaster Risk Reduction as well as the DRRM strategy and action plan of Nepal 2018-2030. Rightly, the theme for 2020 International Day for Disaster Risk Reduction (IDDR) is “It’s all about Governance”. Strengthening disaster risk governance at national and local levels is extremely important for an effective and efficient management of disaster risk as well as achieving the targets of the Framework. As we observe the IDDR in the midst of COVID 19 pandemic, it is urgent that we think about addressing multi hazard risk. Nepal has taken some proactive steps to improve overall governance of Disaster Risk Reduction and Management (DRRM) and mainstream it into development planning process. However, there is a long way to go so that the needs of disaster vulnerable communities can be addressed. Ongoing reforms in implementing federalism provides opportunity for Nepal to institutionalise DRRM friendly governance and address existing challenges. 

Nepal’s Disaster Risk Reduction and Management (DRRM) Act 2017 has outlined the roles and responsibilities of federal, provincial, and local governments to reduce disaster risks and manage the impacts. Ministry of Home Affaires (MoHA) is the focal agency for this but it primarily works on disaster response. Emergency Operation Centers are provisioned at federal, provincial and local level which as their name suggest, are focused on emergency response. National Disaster Risk Reduction and Management Authority (NDRRMA) has been formed with key mandate to disaster preparedness, prevention and mitigation. 

Photo: FRMC results sharing at Simreni community.

थप हेर्नुहोस्...

सिम्रेनी टिकापूरमा स्वच्छता तथा सरसफाई सम्बन्धि अभियान

विक्रम राणा र कृति श्रेष्ठ, प्राक्टिकल एक्शन तथा सुरेन्द्र थगुन्ना, सि. एस. डि. आर.

असोज, २०७७

“कसैलाई पनि पछाडी नछोडौँ” (Leaving No one Behind (LNOB)) भन्न जति सजिलो छ, गर्न त्यति सजिलो छैन। पछाडी छुट्टिने वर्गहरु, जो गरिब तथा सिमान्तकृत हुन्छन्, उहाँहरुलाई समावेश गर्न विशेष ध्यान पु¥याउनुपर्दछ। ओम प्रकाश सुनार जस्ता समुदायका नेताहरुले कसैलाई पनि नछोडी, समावेशी रुपमा अगाडी लैजान लागि पर्नूभएको छ। 

ओम प्रकाश सुनार सिम्रेनी टिकापूर ६ को सामुदायिक विपद् व्यवस्थापन समिति (सा. वि. व्य. स.) को सचिव हुनुहुन्छ। सिम्रेनी समुदायमा १०१ वटा घरधूरी छन्, जसमध्ये २७ वटा दलित घरधूरी छन्, ६८ वटा आदिवासी थारु घरधूरी छन् भने बाँकी ब्राम्हिन क्षेत्री घरधूरी छन्।

सिम्रेनी सा. वि. व्य. स. ले निरन्तर रुपमा आफ्नो समुदायमा वाढी पूर्वसूचना तथा पूर्वतयारीका साथसाथै वाढी जोखिम न्यूनिकरणका कार्यक्रमहरु संचालन गरि समुदायको उत्थानशीलता वृद्धिको निम्ति योगदान पु¥याएको छ। कोभिड महामारीसुरु हुँदा जब नेपाल सरकारले राष्ट्रव्यापी बन्दा–बन्दिको घोषणा ग¥यो, ओम प्रकाश निकै चिन्तित हुनुहुन्थ्यो–एक त नयाँ महामारी, अर्को समुदायमा यस सम्बन्धि ज्ञानको अभाव तथापि धेरै गलत धारणाको बाहुल्यता रहेको थियो। अझ वर्षा सुरु भएपछि वढेको वाढीको जोखिम र समुदायमा बन्दा–बन्दिको आर्थिक तथा मानसिक प्रभावले उहाँलाई झनै पिरलेको थियो। 

थप हेर्नुहोस्...

नेपालमा बारम्बार भईरहने वर्षाजन्य विपद्

जुलाई ३१, २०२०

धर्म उप्रेती र कृति श्रेष्ठ

सन् २०२० मा वर्षाजन्य विपद्को प्रभाव कति?  

यो वर्ष मनसुनको सुरुवात जून १२, २०२० देखि भएको थियो । हरेक वर्ष सामान्यतया जून १० बाट सुरु हुने भएतापनि यस वर्ष दुई दिनको फरक प¥यो । मनसुन सुरु भएको दोस्रो दिनमा नै देशको २ स्थानमा पहिरो गयो, जसले पश्चिमी नेपालको पर्वत जिल्लामा ८ जनाको ज्यान लग्यो र २ घरहरू नष्ट बनायो । वर्षासँगै बाढी र पहिरो बढ्दा जूनको दोस्रो हप्ता मै देशका धेरै जिल्लाहरू प्रभावित भई मृत्यु सङ्ख्या, सम्पत्तिको क्षति, नोक्सानी बढ्दै गयो । र मनसुनको अत्याधिक वर्षाले नेपालको अधिकांश क्षेत्र तहसनहस बनायो । उदाहरणको लागि, जुलाई ९–१० मा २४ घण्टा मै बाढी र पहिरोको कारण म्याग्दी, लमजुङ, कास्की, रुकुम  (पश्चिम), जाजरकोट र गुल्मी जिल्लाका २३ जनाले ज्यान गुमाउनु प¥यो । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिवेदन (जुलाई ३१, २०२०) अनुसार बाढी र पहिरोको कारण १६४ जना मानिसले ज्यान गुमाएका छन् (तलको चार्ट हेर्नुहोस्) । पहिरोको कारण मृत्यु भएका मानिसको तुलनामा बाढीले पु¥याएको क्षति न्यून छ । बाढीले ३ जनाको मृत्य भएको छ भने पहिरोको कारण १६१ जनाले ज्यान गुमाएका छन् र पहिरोमा ४५ जना हराईरहेका छन् ।  

विगतलाई हेर्दा, सन् २०१७ मा बाढीले मात्रै १५० जनाको मृत्यु, सन् २०१८ मा बाढी र पहिरोले १०५ जना र सन् २०१९ मा ११७ जनाले ज्यान गुमाए भने ३८ जना हराई रहेका छन् (राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र, २०१९) । सन् २०१५ मा भूकम्पले प्रभावित गरेका केही जिल्लाहरू बाहेक धेरैमा पहिरोले प्रभावित गरेको छ । सिन्धुपाल्चोक, गोर्खा, कास्की र म्याग्दी जिल्लाहरू पहिरोले सबै भन्दा बढी प्रभावित भएका छन् । प्रभावित भएका अन्य जिल्लाहरू कालीकोट, स्याङ्जा, गुल्मी, बझाङ, दार्चुला, बाजुरा र जाजरकोट पर्दछन् । धेरै गाउँ तथा बस्तीहरू विगतमा पहिरो गएका स्थानहरू वा आसपासका क्षेत्रमा अवस्थित छन् । सन् २०१५ मा गएको भूकम्पले १५ जिल्लाका भौगर्भिक अवस्थालाई कमजोर बनाएको छ र त्यहाँ देखि पहिरोको कारक तत्वको रुपमा देखापरेको छ ।

थप हेर्नुहोस्...

बदलिंँदो मनसुन र एकीकृत विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन

– विक्रम राना

श्रावण २०७७ 

भर्खर मात्र मेलम्ची खानेपानी आयोजना , पर्वतको बारबेनीको लिफ्टिङ् खानेपानी आयोजना  र मध्य भोटेकोशी जलविद्युत आयोजनामा  भएको क्षतिले हामी प्रकोपको कुन स्तरको जोखिममा छौं भन्ने ज्वलन्त उदाहरण प्रस्तुत गरेको छ । विपद्ले हाम्रो विकासका प्रयासहरूलाई जोखिमयुक्त बनाउन सक्छ र हामीलाई गरिबीको दिशातर्फ धकेल्छ । प्राकृतिक प्रकोपहरू बाढी, पहिरो, हावाहुरी, असिनापानी, आगलागी र हिमताल विष्फोटनले ८० प्रतिशत भन्दा बढी नेपालका जनसंख्या जोखिममा छन् (गृह मन्त्रालय, २०१८, सन्) । जर्मन अनुसन्धान टोली, जर्मनवाचले प्रकाशन गरेको विश्वव्यापी जलवायुजन्य जोखिम सूचकाङ्क (२०१९्) मा मौसमजन्य प्रकोपको कारण २०१७ (सन्) मा भएको क्षतिको दृष्टिकोणले विश्वमा नेपाल जोखिमको चौंथो स्थानमा रहेको देशमा पर्दछ। 

सबै प्रकारका ज्ञान हुँदा हुँदै पनि मनसुनले हाम्रो देशलाई प्रत्येक वर्ष आघात पु¥याउँछ र मनसुनको आगमनसँगै विपद् पूवतयारी, प्रतिकार्य र पुनर्लाभको आवश्यकतालाई झल्काउँछ । यसले विपद् पूर्वतयारीको प्राथमिकता सम्बन्धी भनाई “विपद् पूर्वतयारीमा एक डलर लगानी गर्दा भविश्यमा हुनसक्ने पाँच डलर बराबरको क्षति कम गर्छ” लाई कमजोर बनाउँछ । जुरिक बाढी उत्थानशील एलायन्स (गठबन्धन) मार्फत प्राक्टिकल एक्शनले यस भनाईमा आधारित भई कार्य गरिरहेको छ ।

थप हेर्नुहोस्...

अघिल्लो कथापछिल्लो कथा

अन्य कथाहरु

प्रश्न सोध्नुहोस्