नोभेम्बर १६, २०२१
लेखन -लिज्जी व्हाईटहेड, माईकल सोन्जाई, स्वेन्जा सरमिन्स्कि, स्याली टिल्डिस्ली, टिजियाना बनजन र आना स्भेनसन
अनुवाद -कृति श्रेष्ठ
बेलायतको ग्लास्गो शहरमा भर्खरै सम्पन्न २६ औँ पक्ष राष्ट्रहरुको जलवायु सम्मेलन (COP26) मा भाग लिनुभएका जुरिच वाढी उत्थानशील गठबन्धन (ZFRA) का सदस्यहरुले वाढीसगँ बाचिँरहेका समुदायहरुको मुद्दाहरुको उठानबारे के भन्नुहुन्छ त? के गरिएका प्रतिबद्घताहरुले जलवायु परिवर्तनसगँ अग्रपक्तिंमा वाचिँरहेका समुदायहरुको अनुकुलनका आवश्यकताहरु सम्बोधन गर्दछ?
वाढीको जोखिम वढ्ढै जादाँ उत्सर्जन कम गर्न थप प्रयासहरु आवश्यक रहेको छ।
२६ औँ पक्ष राष्ट्रहरुको जलवायु सम्मेलनले (COP 26) यो वर्ष जलवायु परिवर्तन न्यूनीकरण (Climate Change Mitigation) मा केन्द्रित रहेको छ। जलवायु परिवर्तनको निम्ति अन्तरसरकारी प्यानल (IPCC) द्वारा जारी प्रतिवेदन अनुसार अहिले हामीले भोगिरहेको जलवायु परिवर्तन मानवीय कृयाकलापहरुले गर्दा भएको र यसले झन् विकराल र विषम् मौसम प्रणाली र वाढी निम्त्याउने प्रष्ट पारेको छ। समुदायहरु जलवायु परिवर्तनले प्रभावित भईसकेका छन्। योे भविष्यको जोखिम भन्दा पनि अहिलेको वास्तविकता बनिसकेको छ।
२६ औँ पक्ष राष्ट्रहरुको जलवायु सम्मेलनमा वन विनाश कम गर्ने, कोइलाको प्रयोग तथा मिथेन उत्सर्जन घटाउने र वातावरण मैत्री यातायात प्रबद्र्घन गर्ने जस्ता महत्वपूर्ण वाचाहरु गरिए र सबैतिरबाट वाहवाही पनि पाए। तर यी वाचाहरुको यर्थाथपरकता र कहिले र कसरी पूरा गर्न सकिन्छ भन्ने बारेमा हामी चिन्तित छौँ। अझै पनि हामी विश्व उष्णिकरणलाई औद्मौगिकरणको अगाडिको तहको १.५ डिग्रिज सेल्सियस भित्र सिमित गर्नसकेका छैनौँ।
त्यस्तै, राष्ट्रिय निर्धारित योगदान (NDC)को क्षेत्रमा पनि जलवायु संकटलाई टार्न सक्ने जति आवश्यकता अनुरुप लक्ष्य प्राप्ति हुन सकेन र पक्ष राष्ट्रहरुलाई पुन अर्को वर्ष दरिलो प्रतिबद्धताहरु लिएर आउन निर्देशन दिइएको छ।
जलवायु अनुकुलन वित्त सम्बन्धि प्रतिबद्धताहरु अझै अपुग छन्।
हामीहरुले काम गर्ने विश्वभरिका समुदायहरुमा जलवायु परिवर्तनका असरहरु देखिसकेका छन् र वाढीको समस्या, मौसम प्रणालीमा परिवर्तन र समुद्री सतहमा वृद्धि भएसगैँ अझै नियमित, अप्रत्याशित र गम्भीर हुदैँ गएको छ। तसर्थ, हाम्रा समुदायहरुलाई यो परिवर्तित यथार्थसगँ अनुकुलित हुन थप स्रोतहरु आवश्यक पर्नेछ।
हामी कोप २६ मा जादाँ, जलवायु परिवर्तनबाट पिडित समुदायहरुको अनुकुलन र सहयोगको लागि अतिरिक्त वित्तको माग र पैरवी गरेका थियौँ। सम्मेलनको दौरानमा हामीले हाम्रो अनुभव र विशेषज्ञताको आधारमा धेरै फोरमहरुमा थुप्रै योगदानहरु पु¥यायौँ। हामीले यी फोरमहरुमा, हाम्रा समुदायहरुमा वाढी तथा अन्य मौसम र जलवायुले कस्ता कस्ता विनाश निम्त्याइरहेका छन् भनेर ध्यानाकर्षण ग¥यौँ र धनी राष्ट्रहरुलाई जलवायु वित्तको आ आफ्नो समुचित हिस्सा जितरण गर्न पनि आव्हान ग¥यौँ।
“हामीले जलवायु परिवर्तनबाट मारमा परेकालाई जलवायु वित्तको पहुँच दिलाउन अझै धेरै काम गर्नुपर्ने छ।” , मर्सी कोर्सका लिज्जि व्हाईटहेड भन्नुहुन्छ।
“जलवायु वित्तमा पहिले भन्दा धेरै वित्त दिने प्रतिबद्धताहरु आएका छन् जसले अनुकुलनको क्षेत्रमा भएको प्रगति दर्शाउँछ र अनुकुलनको क्षेत्रमा निजि क्षेत्रको चासो पनि सराहनीय छ । तर जलवायु सकंटको भयावह असरहरुको अनुपातमा यी प्रगतिहरु सुस्त र अनिर्णायक छन्।”, जुरिच बीमा समूहका माईकल सोन्जाई भन्नुहुन्छ।
कोप २६ मा धनी राष्ट्रहरुले जलवायु अनुकूलनको क्षेत्रमा आफ्ना प्रतिबद्धताहरु नवीकरण गरे लगत्तै थुप्रै सकारात्मक विकास भएका छन् तर दुखलाग्दो कुरा के छ भने अहिले सम्म गरिएका प्रतिबद्धताहरु अहिलेको र भविष्यको अनुकुलन आवश्यकता पूरा गर्न अपर्याप्त छन्।
“जलवायु परिवर्तनबाट प्रभावित वर्गहरुको लागि अझै पर्याप्त मात्रामा अनुकूलन वित्त सुनिश्चित नभएकोमा म चिीन्तत छुँ, किनभने जलवायु परिवर्तन, अब भविष्यको जोखिम भन्दा पनि, हालको असहज यर्थाथ भईसकेको छ।” , स्वेन्जा सरमिन्स्किी भन्नुहुन्छ।
क्षति तथा नोक्सानी
जलवायु परिवर्तनको असरमा परेका धेरै व्यक्तिहरुको लागि अब अनुकूलन गर्न धेरै ढिला भईसकेको छ। उनीहरुको घर, जिविकोपार्जन र जीवनशैली, जलवायु परिवर्तनले, अपूरणीय रुपमा क्षतिग्रस्त भईसकेका छन्। यी व्यक्ति तथा समुदायरुले क्षतिपूर्ति पाउन जरुरी छ।

हामी स्कटल्याण्डको प्रथम मन्त्री निकोला स्टरजियोनले, हाम्रो साझेदार संस्था प्राक्टिकल एक्शनले आयोजना गरेको कार्यक्रममा, विकासशिल राष्ट्रहरुको लागि छुट्याईएको क्षति तथा नोक्शानी वित्तको रकम दोब्बर गर्ने प्रतिबद्धताको स्वागत गर्दछौँ।
यसरी नै धेरै भन्दा धेरै धनी राष्ट्हरुले ऐतिहासिक रुपमा गरेका चरम उत्सर्जनको जिम्मेवारी लिएर, जलवायु परिवर्तनको मारमा परेका समुदायहरुलाई क्षतिपूर्ति दिन आवश्यक छ। यस हिसाबले पनि क्षति तथा नोक्सानी यो सम्मेलनको दस्तावेजमा समेटिनु राम्रै उपलब्धि मान्नुपर्छ। तर क्षति तथा नोक्सानीको विषयमा अझै धेरै स्पष्टता ल्याउनु जरुरी छ।
“हामीलाई जलवायु परिवर्तनबाट क्षति तथा नोक्सानी भोगिरहेका व्यक्ति तथा समुदायहरुको लागि थप तथा प्रभावकारी वित्तिय संयन्त्र आवश्यक छ र यो संयन्त्र छुट्टै स्रोतले विनियोजित हुन जरुरी छ।”, लण्डन स्कूल अफ ईकोनोमिक्स तथा राजनिति शास्त्रका स्वेन्जा सरमिन्स्किी भन्नुहुन्छ।
हालसम्म, यी क्षतिपूर्तिका संयन्त्रहरुमा कसरी वित्त जुटाउने भन्ने बारेमा अन्तराष्ट्रिय समुदाय एकमत भयका छैनन्। लण्डन स्कूल अफ ईकोनोमिक्स तथा राजनिति शास्त्र (LSE)ले क्षति तथा नोक्सानीको संयन्त्रमा कसरी वित्त परिचालन गर्ने भन्ने बारेमा एउटा रुपरेखा तयार पारेका छन् भने एप्लाईड सिस्टम विश्लेषणकने लागि अन्तराष्ट्रिय संस्था (IIASA) ले क्षति तथा नोक्सानीको संयन्त्रको खाका कोरेका छन्।
अबको बाटो
“कोपमा धेरै वाचाहरु हुने गर्दछन् तर यी वाचाहरुको कार्यान्वयन वढी महत्वपूर्ण हुन्छन्। धनी राष्ट्रहरुले, विगतमा गरेका तर पूरा नगरेका वाचाहरुको कारणले कोपमा विश्वास जोगाउन थप मिहेनत गर्नपर्ने देखिन्छ। त्यो काम अहिलेबाट सुरु गर्नु पर्ने देखिन्छ।”, कम्सर्न वल्र्डवाईडका स्याली टिल्डेस्ली भन्नुहुन्छ।
यो ब्लग नोभेम्बर १६, २०२१ मा वाढी उत्थानशील पोर्टलमा अगं्रेजीमा प्रकाशित भएको र यहाँ अनुवाद गरि प्रकाशित गरिएको हो।
प्रतिकृया