प्राकृतिक तटबन्ध निर्माण पछि बचेको सिमान्तकृत बस्ती

मंगलवार, मे 19, 2020

पैँतालीस बर्षीय बुद्धु थारू अझै त्यस क्षण सम्झन्छन् जब उनले पहिलो पटक मुक्त कमैयाको पुनर्वास कार्यक्रमअन्तर्गत उनको परिवारलाई प्रदान गरेको जमिन देखेका थिए । बलौटे र पाँगो माटोले ढाकिएको जमिनको टुक्रा त्यो पनि ठूलो र अविरल बहिरहेको नदीको किनारमा अवस्थित । ती दिनहरु सम्झदै थारू भन्छन्, “म धेरै निराश थिएँ । म सोच्ने गर्थँे – यो नदीको किनारमा कुन बाली लगाउँला र परिवार पालौँला ?” तर, उनको सामु त्यो जमिन स्वीकार्नुको विकल्प पनि थिएन । अनुदान स्वरूप यसरी प्राप्त जग्गा दर्ता गर्न उनीजस्तै सङ्घर्ष गरिरहेकाहरूको दुर्दशाको बारेमा उनी पूर्ण रूपमा जानिफकार थिए ।

 

बुद्धु थारूले अन्ततः परिवारसहित कर्णाली नदीको सो सहायक नदी औरहीको किनारमै बसोबास गरे, जुन पछि मुक्तकमैया बस्तीको रूपमा स्थापित भयो । यस ठाउँमा पूर्व कमैयाहरूका साठी घरधुरीको बसोबास रहेको छ । एघार सदस्यीय बुद्धु थारूको परिवार नयाँ जमिनमा बसोबास गरे लगत्तै उनले भूमिको न्यून गुणस्तर चिन्ताको मूल विषय नभएको थाहा पाए, बरु चिन्ताको मूल कारण त नदीको पानी पो रहेछ । बुद्धुको गाउँ औरही नदीभन्दा केही मिटर तल रहेकाले नदीको पानीको सतहमा केही हदसम्म मात्रै वृद्धि भएपनि गाउँमा डूबान हुने र त्यहाँका बासिन्दाहरूलाई जमिन छोड्न बाध्य तुल्याउने अवस्था थियो ।

“हामी सधैँ बाढीको त्रासमा बस्नुपथ्र्योे, खासगरी वर्षा याममा”, थारूले बताए । 

उनले आफ्नो जीवनको अधिकांश समय दुई ब्राम्हण परिवारका लागि बैसारुवा र गाईसारवाको रूपमा बिताएका थिए । सुरुका केही वर्षहरूमा यस थारू परिवारले पनि श्रमिकको रूपमा काम गर्न बाध्य हुनु प¥यो किनभने बाढीले उनीहरूले उत्पादन गर्न सक्ने थोरै बालीनाली पनि डुबाइदिने गथ्र्यो ।

Natural embankments are saving many farmlands from convering to wasteland in flood plainsतर आजभोलि गाउँलेहरूले त्यस्तो चिन्तामा बाँच्नु पर्दैन किनकि नदी किनारमा बायो–डायक को निर्माण गरिएको छ । बायो–डायक एक पर्यावरणमैत्री प्राकृतिक तटबन्ध हो जुन स्थानीय रूपमा उपलब्ध स्रोतहरू जस्तै ः बालुवा, ढुङ्गा, माटो, झाडी र बाँसबाट बनाउन सकिन्छ । फलस्वरूप जुन भूमि एक समय हिउँदमा बच्चाहरूका लागि खेल मैदान र वर्षामा खोला बन्ने गथ्र्याे, अहिले बुद्धु थारु र उनका छिमेकीहरूका लागि जीविकोपार्जनको महत्वपूर्ण स्रोत बनेको छ । यसबाहेक गाउँ छोडेर अन्यत्र गएका धेरैलाई समेत प्राकृतिक तटबन्धको निर्माणले जीवनको नयाँ आशा दिएको छ र आप्mनै ठाउँमा फिर्ता आउन विश्वस्त बनाएको छ । यो बस्ती अब सडक र बिजुलीसँग पनि जोडिएको छ ।

थारूले भन्छन्, “खाना, कपडा र छोराछोरीको शिक्षामा खर्च गरेपछि जति बच्छ त्यो बचत गर्छु ।” बचत भएको पैसाले जग्गा जोड्ने उनको सोच छ । स्थानीय सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष रहेका ३१ वर्षीय हरिचरण थारुले बाढीले गर्दा गाउँ छाडेका धेरै परिवारहरू आजभोलि गाउँ फर्केर आएको बताएका छन् । हरिचरणले भने, “कमैयाप्रथाको अन्त्यपछि मजदुरको रूपमा भारत जानेहरू धेरैजसोले आजभोलि स्थानीय जग्गाधनीको जग्गामा अधियाँमा बाली लगाउने गर्दछन् ।” 

गाउँका प्रायः सबैजना कामका लागि बसाइँ सर्थे र प्रायः जसो निर्माण क्षेत्रमा काम गर्न जान्थे । तर, अहिले खेतीपातीको मौसममा फर्किने गाउँलेको सङ्ख्या बढ्दो छ । बुद्धु थारूको जग्गा उनका परिवारका एघारजनालाई खुवाउन पर्याप्त त छैन तर अहिले आफ्नो खेत बाहेक उनी स्थानीय जमिनदारको दुई बिघा जग्गामा अधियाँ लगाउँछन् । बाढी अझै पनि समस्या चाहिँ हो तर तटबन्धको निमाणले गर्दा अत्यधिक ठूलो नोक्सान भने भएको छैन । तटबन्धकै कारण गाउ‘लेहरुले धान र तरकारी गरी वर्षमा दुई खेती लगाउन सकिरहेका छन् । 

प्रतिकृया दिनुहोस

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ


प्रतिकृया