समुदायको बाढी उत्थानशीलता मापन सम्बन्धि तथ्याङक संकलन गर्दाको सिकाई

बुधवार, फ्रेवुअरी 23, 2022

८ फागुन २०७८
खगेन्द्र प्रसाद भट्टराई, नविन जोशी र कृति श्रेष्ठ

सहरगौडा र सिमखेत पुन्तुरा रंगुन नदीको किनारका समुदायहरु हुन, जुन डडेल्ढुरा जिल्ला सुदूरपश्चिम प्रदेशमा पर्दछन् । यी समुदायहरुको मुख्य पिडा, रंगुन र पन्तुरा नदीले बर्षेनी गर्ने खेतीयोग्य जमिनको कटानी र पटानी हो । रंगुन नदी किनारामा बस्ने यी समुदायहरुको मुख्य पेशा कृषि हो तर कृषिले मात्र जिविकोपार्जन धान्न समुदायलाई गाह्रो छ। त्यसैले गर्दा समुदायका पुरुषहरु कृषिबाहेक पशुपालन, ज्याला मजुदुरी तथा रोजगारीका लागि स्वदेश भित्रका विभिन्न स्थानहरु र छिमेकी राष्ट्र भारत तथा खाडी मुलुकहरु जाने गर्दछन । परशुराम नगरपालिका वडा नं. ६ अन्र्तगत पर्ने यी समुदायहरुलाई, प्रत्येक बर्ष बर्षायाममा नदी कटानीले दुखः दिईरहन्छ । विगतका दिनहरुमा बस्ती, बाटोघाटो, तटबन्धन र विद्यालयलाई नदीले बगाएको घटनाहरुको कारणले गर्दा नगरपालिकाले यी समुदायहरुलाई उच्च जोखिम क्षेत्र अन्र्तगत सूचीकरण गरेको छ । वाढीजन्य प्रकोपले यी समुदायहरुमा धेरै समस्या पारे पनि स्थानीय तहहरुले वाढी जोखिम न्यूनिकरण तथा व्यवस्थापनको लागि बजेट विनियोजन र सहयोग गरेका छैनन्। यद्यपि हालसालै समुदायले आप्।m्नै पहलमा सामुदायिक विपद् व्यवस्थापन समिति गठन गरेका छन् ।

तस्वीर १ः अन्र्तवार्ताका माध्यमवाट तथ्यांक संकलन गर्दे फिल्ड सहजकर्ता निर्मला साउद

२२२ घरधुरीहरु समेटेर समुदायले रंगुन सामुदायिक विपद् व्यवस्थापन समिति गठन गरी विभिन्न विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका गतिविधिहरु संचालन गरेका छन् । जेड जुरिच फाउन्डेशन र मर्सी कोर् र साझेदार संस्था रुडुक डडेल्धुरा द्वारा संचालित नेपाल वाढी उत्थानशील परियोजना (NFRP) अन्र्तगत समुदायले यी गतिविधिहरु संचालन गरेका हुन् । विगतका वाढी घटनाहरुले समुदायमा निकै जनधनको क्षति गरेको र आगामी दिनमा वाढीले यस किसिमका क्षति नपुगोस भन्ने उद्देश्यका साथ समुदाय परियोजनाका विभिन्न कार्यक्रममा जोडिएका छन्।

परियोजना अन्तर्गत समुदायको वाढी उत्थानशीलता मापन अध्ययनको (FRMC) लागि समुदायको आधाररेखा सर्बेक्षणका (Baseline) क्रममा सोधिएका प्रश्नावलीका आधारमा स्थानीय तथ्याङ्क संकलनकर्ता (FRMC enumerator) निर्मला साउँदले पहिला उहाँ आफैलाई वाढी उत्थानशीलताबारे ज्ञान नभएको बताउनु भयो। “ जब म परियोजनासँग जोडिएँ, मैले कसरी सामुहिक प्रयासहरुले एक सक्षम र सुढृढ विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापनका प्रणालीको निर्माण गरि समुदायको सामाजिक, पारिस्थितीकिय तथा आर्थिक सम्वृद्धिको उद्देश्यहरुलाई हासिल गर्न मद्दत गर्दछ भन्ने थाहा पाएँ।”

तस्वीर २ः अन्र्तवार्ताका माध्यमवाट तथ्यांक संकलन गर्दे फिल्ड सहजकर्ता निर्मला साउद

“तथ्याङ्क संकलनको क्रममा FRMC कार्य ढाँचा अनुसार ४४ वटा सूचकहरु तथा ५ वटा जिविकोपार्जनका पूँजीहरुकोे बारेमा मैले तालिम प्राप्त गरे । घरधुरीहरुमा तथ्याङक संकलन गर्ने क्रममा सुरु सुरुमा निकै डर महशुस भएको थियो तर पछि सजिलो हुदैँ गयो र आत्मविश्वास पनि बढ््दै गयो ।” उहाँले भन्नुभयो।

तस्वीर ३ः सिमलखेत आमा समुह संग लक्षित समूह (FGD) छलफल गर्दै फिल्ड सहजकर्र्ता गोदावरी भट्ट

सिमलखेतका तथ्याङक संकलनकर्ता (FRMC enumerator) गोदावरी भट्ट आफ्नो अनुभव यसरी सुनाउँछिन्। “मैले पनि तालिम पश्चात र समुदायमा तथ्याङ्क संकलनको क्रममा मेरो वाढी उत्थानशीलता सम्बन्धि सिकाईमा विकास भएको अनुभुती गरेँ । घरधुरी अन्तरवार्ता गर्दा कहिले घरमूली भेटीन्थे त कहिले अर्को दिन फर्किनु पर्दथ्यो । आमा समुह संग सामुिहक छलफलमा २० जना महिलाहरुको उपस्थिती रहेको थियो । छलफलको क्रममा यसरी समुह संग कहिलै यति धैरै जना सहभागी नभएको आमा समुह सदस्य सुमीत्रा पुन मगर ले बताउनु भएको थियो । उँहाले थप उत्थानशील समुदाय निर्माण का लागि सबैले आ आफ््नो क्षेत्र बाट सहभागिता जनाएर परियोजना संगै उत्थानशीलता विकासमा अगाडी बढ्रनु पर्नेमा जोड दिनुभएको थियो ।

साथै भबिष्यमा यो परियोजनाले बाढी उत्थानशीलताका उपायहरु तथा आधारहरु प्रति सचेतीकरण गरी समग्र समुदायको सहभागीता मार्फत स्थानीय तहको योजना तर्जुमा प्रकृयामा बाढी उत्थानशीलता का लागि सामुदायिक विपद् व्यवस्थापन समितीले उल्लेखनिय भूमिका खेल्नु पर्ने हामीलाई महशुस भएको छ ।


मर्सी कोर्स नेपालले सुदूरपश्चिम प्रदेशका आलिताल, परशुराम, कृष्णपुर र महाकाली नगरपालिकाका १४ वटा समुदायमा निड्स नेपाल र रुडुक डडेल्धुरा को साझेदारीमा नेपाल वाढी उत्थानशील परियोजना (NFRP) अन्तर्गत समुदायको वाढी उत्थानशीलता मापन अध्ययन (FRMC) आधाररेखा सर्बेक्षण सम्पन्न गरेका छन्। प्राक्टिकल एक्सन नेपालले समुदायको वाढी उत्थानशीलता मापन अध्ययन (FRMC) कार्यान्वयनका लागि कैलाली र बर्दियाका समुदायहरूसँग मिलेर काम गरिरहेको छ। FRMC (Extension) विस्तार परिेयोजना अन्तर्गत, प्राक्टिकल एक्शनले मर्सी कोर्स र साझेदार संस्थाहरूलाई FRMC सम्बन्धि प्राविधिक सहयोग प्रदान गरेको छ।

प्रतिकृया दिनुहोस

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ


प्रतिकृया