सिम्रेनी टिकापूरमा स्वच्छता तथा सरसफाई सम्बन्धि अभियान

September 29, 2020

विक्रम राणा र कृति श्रेष्ठ, प्राक्टिकल एक्शन तथा सुरेन्द्र थगुन्ना, सि. एस. डि. आर.

असोज, २०७७

“कसैलाई पनि पछाडी नछोडौँ” (Leaving No one Behind (LNOB)) भन्न जति सजिलो छ, गर्न त्यति सजिलो छैन। पछाडी छुट्टिने वर्गहरु, जो गरिब तथा सिमान्तकृत हुन्छन्, उहाँहरुलाई समावेश गर्न विशेष ध्यान पु¥याउनुपर्दछ। ओम प्रकाश सुनार जस्ता समुदायका नेताहरुले कसैलाई पनि नछोडी, समावेशी रुपमा अगाडी लैजान लागि पर्नूभएको छ। 

ओम प्रकाश सुनार सिम्रेनी टिकापूर ६ को सामुदायिक विपद् व्यवस्थापन समिति (सा. वि. व्य. स.) को सचिव हुनुहुन्छ। सिम्रेनी समुदायमा १०१ वटा घरधूरी छन्, जसमध्ये २७ वटा दलित घरधूरी छन्, ६८ वटा आदिवासी थारु घरधूरी छन् भने बाँकी ब्राम्हिन क्षेत्री घरधूरी छन्।

सिम्रेनी सा. वि. व्य. स. ले निरन्तर रुपमा आफ्नो समुदायमा वाढी पूर्वसूचना तथा पूर्वतयारीका साथसाथै वाढी जोखिम न्यूनिकरणका कार्यक्रमहरु संचालन गरि समुदायको उत्थानशीलता वृद्धिको निम्ति योगदान पु¥याएको छ। कोभिड महामारीसुरु हुँदा जब नेपाल सरकारले राष्ट्रव्यापी बन्दा–बन्दिको घोषणा ग¥यो, ओम प्रकाश निकै चिन्तित हुनुहुन्थ्यो–एक त नयाँ महामारी, अर्को समुदायमा यस सम्बन्धि ज्ञानको अभाव तथापि धेरै गलत धारणाको बाहुल्यता रहेको थियो। अझ वर्षा सुरु भएपछि वढेको वाढीको जोखिम र समुदायमा बन्दा–बन्दिको आर्थिक तथा मानसिक प्रभावले उहाँलाई झनै पिरलेको थियो। 

 

पानी तथा सरसफाई सम्बन्धि सेवा प्रवाह गर्दा मानव तथा स्रोत संसाधनको जटिल संजालको आवश्यकता पर्दछ, तर तीमध्ये सबैभन्दा आवश्यक पानी तथा सरसफाई सम्बन्धि सेवा दिने समर्पण नै हो। ओम प्रकाश सुनारले हालको महामारीको अवस्थालाई अनुकूल हुनेगरि आफ्नो समुदाय प्रतिको समर्पण दर्शाउनु भएको छ। सारा विश्व सगैँ सिम्रेनी समुदाय पनि कोभिड महामारी र यसबाट सिर्जित मिश्रित जोखिम सँगै जुझ्दै गर्दा उहाँले पनि आफ्नो समुदायमा स्वच्छता तथा सरसफाई सम्बन्धि सचेतना अभियानसुरु गर्नुभएको छ जसको माध्यमबाट उहाँले समुदायमा सबै घरधूरीहरुमा सरसफाई सम्बन्धि पम्पलेट तथा जानकारी वितरण गर्नूभएको छ। स्थानिय स्तरमा बनेको यी पम्पलेटहरुमा सुरक्षित हात धुने तथा सरसफाई सम्बन्धि जानकारी जसले समुदायलाई कोभिड १९को रोकथामका सजिला उपायहरुबारे सचेतना वढाएको छ। 

यो घरदैलो सचेतना अभियान अगस्त महिनामा सम्पन्न गरिएको थियो। हरेक घरघरमा सुरक्षित हात धुने तथा सरसफाई सम्बन्धि जानकारी भएको पम्पलेट वितरण गरिएको थियो। यी पम्पलेटहरु सबैले आ–आफ्नो घरमा दिनहूँ देखिने सजिलो ठाउँमा राखेका छन्। केही घरहरुमा, जहाँ कोही पनि सदस्यहरु लेखपढ गर्नसक्नुहुन्न, सा. वि. व्य. स.का सदस्यहरुले नै पढेर सुनाएका थिए। यो कदमले यो सचेतना कार्यक्रमलाई अझै दिगो तथा समावेशी बनाएको छ। 

“धेरै मानिसहरु कोभिड महामारीको बारेमा जानकार छन्, किनभने सरकारले गरेको राष्ट्रव्यापी बन्दा–बन्दिको कारण सबैजना प्रभावित भएका छन्। तर बन्दा–बन्दि खोल्ने बित्तिकै मानिसहरु कोभिड हटिसके झैँ गरि आ– आफ्नो जीवनयापनमा फर्किए जसले गर्दा कोभिड सर्ने सम्भावना वढेको छ। हाम्रो स्वच्छता तथा सरसफाई सम्बन्धि अभियानले समुदायका सबै मानिसहरुलाई कसरी साबुन पानीले सुरक्षित हात धुने तथा सरसफाई गर्ने जस्ता सजिला उपायहरुले कोभिडको रोकथाम गर्छ भन्ने बारेमा जानकारी दिएको छ। धेरै मानिसहरुलाई यसबारेमा थाहा थियो तर पालना गरिरहेका थिएनन् भने केही घरधूरीहरु अझैपनि साबुनको सट्टामा खरानीको प्रयोग गरिरहेका थिए। सबैले अबदेखि साबुन पानीले सुरक्षित हात धुने तथा सरसफाई गर्ने प्रतिबद्घता जनाएका छन्।” , उहाँले बताउनुभयो।

यो सुरक्षित हात धुने तथा सरसफाई सचेतना अभियान लाई सि. एस. डि. आर. र प्राक्टिकल एक्शनले जेट जुरिच फाउण्डेशन सँग मिलेर सहयोग गरेको छ। यस अघि बन्दा–बन्दिको बेलामा समुदायहरुलाई स. एस. डि. आर. र प्राक्टिकल एक्शनले सरसफाई सम्बन्धि सामाग्रीहरु पनि वितरण गरेको थियो, जुन आकस्मिक अवरुथाको लागि सा. वि. व्य. स.मा राखिएको छ। प्राक्टिकल एक्शन र सि. एस. डि. आर.ले यस महामारीको समयमा समुदायहरुसगँ मिलेर काम गर्ने नयां उपायहरु खोजी गर्दै मिश्रित जोखिमसगँ जुझ्न सहयोग गरेको छ।

उहाँले यस सचेतना अभियानमार्फत् समुदायमा व्यवहारिक परिवर्तन आएको र विषेशत वर्षा याममा हुने पानीजन्य रोगहरु पनि कम हुने बताउनुभयो।

“ यदि परिस्थिति सामान्य भएको भए, हामी सडक नाटकबाट सचेतना अभियान गर्दथ्यौँ होला, तर धेरै भीडभाड गर्न नहुने भएकाले हामीले वैकल्पिक रुपमा घरदैलो सचेतना अभियान सम्पन्न ग¥यौँ।”, उहाँले थप्नुभयो। 

 


प्रतिकृया

अघिल्लो कथापछिल्लो कथा

अन्य कथाहरु

प्रश्न सोध्नुहोस्