स्मारिका नास्ता पसल- गीता चौधरीको वाढी उत्थानशीलताको कथा

बुधवार, मार्च 31, 2021

माघ, २०७७

गीता चौधरी बर्दियाको राजापुर वडा नं ३, नंगापूरमा बस्दछिन् र पेशाले एक महिला उद्दमी हुन्। उनले आफ्नो नास्ता पसलको माध्यमबाट ३ सदस्य परिवारको आवश्यकताहरु पूरा गर्छिन्।

नास्ता पसल सुरु गर्नु अघि गीता कृषि पेशामा मात्रै संलग्न थिईन् र उनलार्ई घरखर्च जुटाउन गाह्रो पर्दथ्यो। उनको श्रीमान् अन्य शहरहरुमा थप श्रोतको जोहो गर्न काम गर्थे र उनले आफ्नो सानो बच्चासगैँ, एक्लै घर र खेतीपातीको दोहोरो जिम्मेवारी निभाउनु पर्दथ्यो। खेतीपाती र श्रीमान् को कमाईले पनि घर खर्च नपुग्दा उनले पटक पटक ऋण लिने गर्थिन्। अझै वाढी गएपछि झन् समस्याहरु थपिदैँ जान्थे, खेतीपाती विग्रिन्थ्यो र वाढीको असरहरुबाट उघ्रिन थप ऋण लिनुपथ्र्यो। 

फोटो नास्ता पसलमा चिया बनाउँदै गीता चौधरी। 

अहिले नास्ता पसलमा, उनी चाउमिन, अम्लेट, निम्कि तथा मिठाईहरु बनाउँछिन् र तातो चियासगैँ नास्ता पसलका ग्राहकहरुलाई पस्किन्छिन्। गत वर्ष, सामाजिक विकास तथा अनुसन्धान केन्द्र ( सि. एस. डि. आर.) र प्राक्टिकल एक्शनको अग्रसरतामा जुरिच वाढी उत्थानशीलता परियोजना (Zurich Flood Resilience Project- ZFRP) र जलवायु परिवर्तन तथा सम्वेदनशीलता परियोजना (Climate Change and fragility Project – CCFP) अन्तर्गत यी परिकारहरु बनाउने सीपमूलक जिविकोपार्जन तालिममा सहभागी भएपछि उनले यो नास्ता पसलको सुरुवात गरेकी हुन्। यी कार्यक्रमहरुमा जुरिच वाढी उत्थानशीलता गठबन्धनको लागि जेट जुरिच फाउण्डेशन (Z Zurich Foundation) र जलवायु परिवर्तन तथा सम्वेदनशीलता परियोजनाको लागि United Nations Environment program (UNEP) को सहयोग रहेको छ। 

उनी आफ्नो सामुदायिक विपद् व्यवस्थापन समिति (सा.वि.व्य. स)को प्राथमिक उपचारको कार्यदलमा सक्रिय रुपमा आबद्द छिन् र सा.वि.व्य.स.को माध्यमबाट यस सीपमूलक तालिममा सहभागी हुने अवसर पाईन्। नास्ता पसल खोलेपछि अहिले उनले आर्थिक रुपमा परिवारको भलाईको निम्ति योगदान पुर्याउन सकेकी छिन् र उनलाई श्रीमान् को आम्दानीमा भर पर्नूपरेको छैन। पसलको आम्दानीबाट उनले परिवारको विगतका ऋणहरु पनि तिरिसकेकी छिन्। 

फाईल फोटो -स्मारिका नास्ता पसलको सुरुवाती दिन।

“पसल खोलेपछि मैले मेरो वच्चाको पढाईमा योगदान गर्न पाएकी छु। यसबाहेक, एउटा सहकारीमा दैनिक १०० रु र अर्को सहकारीमा मासिक २०० रु जम्मा गर्ने गरेकी छु। यसरी जम्मा गरेको पैसाले भविष्यमा मेरो वच्चाको पढाईमा लगानी गर्न सजिलो हुनेछ। पसल खोल्नु अघि, कहिले समुदायका मानिसहरुसगँ त कहिले आफ्ना नातागोताहरुसगँ, मैले धेरै ऋण लिएकी थिएँ। पसल खोलेदेखि मैले एक पैसा पनि ऋण लिनु परेको छैन। मलाई अहिले धेरै राहत पुगेको छ।”, उनले भनिन्। 

भविष्यमा मासुका परिकार बनाउने तालिम लिएर पसलको व्यञ्जन सूचिमा मासु सम्बन्धि परिकारहरु थप्ने उनको योजना छ। कोभिड १९ र लकडाउनले उनको व्यवसायमा मन्दी ल्याएकोे थियो र उनले घरखर्च टार्न आफ्नो वचतको रकम चलाउन परेको थियो। हाल लकडाउन सकिए पछि भने, नयाँ सीप सिकेर आफ्नो व्यवसाय विस्तार गर्दै आफ्नो परिवारलाई उन्नतिको बाटो तर्फ लैजान उनी उत्साहित छिन्। 

प्रतिकृया दिनुहोस

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ


प्रतिकृया