नेपाल बाढी सूचना तथा नेपाल मौसम पूर्वानुमान मा रहेका ताजा जानकारी ( जुलाई १/ असार १७, २०७९)

बुधवार, जुन 29, 2022

असार १७,

आगामी ३ दिन सम्म प्रमुख नदीहरूमा जलसतह सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ। आज नक्सामा उ्ल्लेखित जिल्ला र आसपास भई बहने स-साना नदीहरुमा बहाव बढ्ने,केहीमा आकस्मिक वहाव (Flash Flood) समेत हुन सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाइराखौ ।( स्रोत: @DHM_FloodEWS ट्विटर)

वाढी सम्बन्धि ताजा जानकारीको लागि- Riverwatch

वर्षा सम्बन्धि ताजा जानकारीको लागि- Rainfall Watch

ताजा वाढी बुलेटिनको लागि- Flood Forecasting Division

अन्य ट्विटरमा रहेका आधिकारिक स्रोतहरु: @NDRRMA ; @DHM_FloodEWS and @DHM_Weather

असार १६,

आगामी ३ दिन सम्म प्रमुख नदीहरूमा जलसतह सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ। आज नक्सामा उ्ल्लेखित जिल्ला र आसपास भई बहने स-साना नदीहरुमा बहाव बढ्ने, केहीमा आकस्मिक वहाव (Flash Flood) समेत हुन सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाऔं। ( स्रोत: @DHM_FloodEWS ट्विटर)

असार१५

भोली विहान ५ बजे देखि भारत स्थित तपोवन,धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको Silt Flushing को लागि बाँधको ढोका खोलिने महाकाली जलाधारका केही स्थानमा आज राती भारी बर्षा भई नदीमा बहाव बढ्ने पूर्वानुमान छ र Silt Flushing गर्दा एक्कासी बहाव बढ्न सक्ने,तटिय क्षेत्रमा सतर्क रहौ। ( स्रोत: @DHM_FloodEWS ट्विटर)

Source: District Administration Office, Darchula

असार १५

आज र भोली कन्काई,कमला,बागमती,पूर्वी राप्ती,तिनाउ,पश्चिम राप्ती,बबई,नारायणीका नदीहरु सेती,कालिगण्डकी,मादीमा वहाव उल्लेख्य बढ्ने र सतर्कता आसपास पुग्न सक्ने,बाढीको उच्च जोखिम आज मधेश प्रदेश लगायत तराईका साना नदीतटिय क्षेत्रमा पूर्वतयारी र प्रतिकार्यमा जुटौ। ( स्रोत: @DHM_FloodEWS ट्विटर)

मनसुन थप सक्रिय भए संगै गए राती देखि देशको अधिकांश भू-भागहरुमा मध्यम देखि भारी वर्षा भैरहेको छ। विशेष गरी गण्डकी प्रदेश, लुम्बिनी प्रदेशको साथै कर्णाली प्रदेशको केहि जिल्ला र सुदुर पश्चिम प्रदेशको तराईका जिल्लाहरुका केहि स्थानहरुमा धेरै भारी वर्षा समेत भैरहेको छ। (स्रोत: @DHM_Weather ट्विटर)

Source: Nepal Weather Forecast tweet dated 29 June 2022

प्रतिकृया दिनुहोस

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ


प्रतिकृया