आपतकालिन कोष समुदायको आवश्यकता

April 01, 2019

नेपालको सुदुरपश्चिममा पर्ने कैलाली जिल्ला बाढी प्रकोपबाट प्रभावित जिल्ला हो। महेन्द्र राजमार्गबाट २४ किलोमिटर दक्षिणमा पर्ने साबिकको धनसिंहपुर गाविस हालको टिकापुर नगरपालिका वडा नं. ८ कर्णाली र मोहना नदीको कटान पटान डुबानबाट अति जोखिममा रहेको वडा हो। वडाका ८ वटा समुदाय सुर्यपुर, बन्जरिया, बन्गाउँ, फाँटा, गौडी, बटनपुर, अर्नुवा र रामडाडा गरेर जम्मा ५४२ घरधुरी ३,६५८ जनसंख्या रहेकोमा अधिकाँश दलित र जनजातिहरू छन् ।

च्याउ खेती तालिम

२०१४ देखी जेड ज्युरिकको आर्थिक सहयोगमा प्राक्टिकल एक्सन नेपाल र सामाजिक विकास तथा अनुसन्धान केन्द्र बाँकेको साझेदारीमा सञ्चालित नेपाल बाढी उत्थानशील परियोजनाले यस वडाका समुदायहरूमा विपद् व्यवस्थापन समिति, पूर्व सूचना, खोज तथा उद्धार, प्राथमिक उपचार कार्यदलहरू, विपद् सामनाको लागी क्षमता अभिवृद्धि तालिम, महिला स्वयम्सेवकलाई नमुना उद्धार अभ्यासका लागी अभिमुखीकरण, जीविकापार्जनका लागी च्याउ खेती, कृषक पाठशाला, तालिम आदि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्यो । जसले गर्दा यी समुदायहरू बाढी उत्थानशील हुन धेरै मद्दत पुगेको छ ।

बाढी उत्थानशील खेती

यसका अतिरिक्त, प्रत्येक समुदाय आफैले बाढीको अवस्थामा बाह्य सहयोग आउँन ढिलो हुने कुरालाई महसुस गर्दे आपत्कालीन कोष स्थापना गरेका छन् । जसका लागि समुदायहरूले आपत्कालीन कोष परिचालन निर्देशिका समेत तयार गरि लागु गरेका छन् । प्रत्येक घरधुरीले बढीमा मासिक रु २५ र कम्तीमा रु ५ का दरले पैसा उठाइ कोषमा बचत गरिरहेका छन् । कोषको पैसा समुदायहरूले आफ्नै वडामा रहेको सहकारी दिगो विकास बचत तथा ऋण सहकारीसंस्था लिमिटेड र धनसिँहपुर एकता समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा जम्मा गर्ने गर्छन् ।

बाढी उत्थानशील खेती

बाढीको अवस्थामा र आपत विपतमा अवस्था हेरेर आपत्कालीन कोषको पैसा सुक्खा खाजा तथा तत्काल सहयोगको लागी खर्च हुने गरेको छ। आपत्कालमा बिरामी उपचारका लागि भनेर सहुलियत ब्याज दरमा ऋण उपलब्ध गराउन समेत यो कोषले मद्दत गरेको कुरा समुदायका सदस्यहरू बताउँछन्। आपत्कालीन सामग्री मर्मत तथा खरिदको लागी पनि कोषको पैसा सहयोगी बनेको छ। हाल वडाको सातवटा समुदायको आपतकालीन कोषमा सञ्चित बचत रू १,१६,४४२ पुगेको छ।


प्रतिकृया

अघिल्लो कथापछिल्लो कथा

अन्य कथाहरु

  • 2019

    • Nepal villages cope with climate-induced floods

        Farmers in the Tarai displaced by floods return to their homes, better protected for the next disaster Original Story in Nepalitimes; By Sonia Awale in Kanchanpur Most research about climate impact in the Himalaya deals with receding snowlines and retreating glaciers. A lot less is known about how farmers are managing with too much – or too little — water due to the changing climate. Irregular monsoons and extreme rainfall have made floods more destructive in recent years, and the Ta...

    • सुख दुःखमा सेफ सेल्टर

      बर्दिया जिल्लाको गेरुवा गाँउपालिका वडा न. ६ मा पर्ने सोनाँफाँटा समुदाय गेरुवा नदीको किनारमा रहेको पिछडिएको समुदायमध्येको एक हो । बर्दिया राष्ट्रिय निकुञ्जको बफर जोनमा पर्ने यो समुदायमा ज...

    • विद्युत जडान तालिमले विकास गरेको आत्मविश्वास र उत्थानशीलता

      जीतराम चौधरी कैलाली जिल्ला टिकापुर नगरपालिका वडा नं. ५ मा पर्ने नुक्लिपुर समुदायमा बसोवास गर्दछन् । घरवासबाहेक थप जग्गा नभएको उनको परिवारको आर्थिक अवस्था कमजोर थियो । घर छेउैबाट बग्ने कर्...

    • आपतकालिन कोष समुदायको आवश्यकता

      नेपालको सुदुरपश्चिममा पर्ने कैलाली जिल्ला बाढी प्रकोपबाट प्रभावित जिल्ला हो। महेन्द्र राजमार्गबाट २४ किलोमिटर दक्षिणमा पर्ने साबिकको धनसिंहपुर गाविस हालको टिकापुर नगरपालिका वडा नं. ८ क...

प्रश्न सोध्नुहोस्