मिश्रित जोखिमसगँ जु्झ्न वनगाउँ समुदायकोे राम्रो पहल

July 27, 2020

कृति श्रेष्ठ

श्रावण २०७७

सामुदायिक विपद् व्यवस्थापन समिति (सा. वि. व्य. स) हरु समुदायमा आधारित सगंठनहरु हुन्। यी सगंठनहरुको प्रमुख उद्देश्य आ-आफ्ना समुदायहरुमा विपद जोखिम न्यूनिकरण (रोकथाम, न्यूनिकरण), विपद् पूर्वतयारी, प्रतिकार्य तथा पुर्नलाभ सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्नमा केन्दित रहने गर्दछन। स्थानिय सरकार देखि विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापनको क्षेत्रका विभिन्न सरोकारवालाहरुले समुदायस्तरमा सहकार्य गर्ने प्रमुख प्रवेश विन्दु नै सा. वि. व्य. स हरु हुन्। यी सा. वि. व्य. स हरु भित्रै प्राथमिक उपचार सम्बन्धि, पूर्वसूचना सम्बन्धि, खोज तथा उद्दार तथा सकंटासन्न व्यक्तिहरुको सहयोगको लागि खटिएका स्वंय सेवकहरुको कार्यदलहरु रहने गर्दछन्। यसका साथ साथै यी सगंठनहरुले विपद् व्यवस्थापन कोषको निम्ति रकम जुटाउने संयन्त्र बनाएका छन्। यस बाहेक समुदायको उत्थानशिलता क्षमता वृद्घि गर्न यी सगंठनहरुले विभिन्न सरोकारवालाहरुसँग सहकार्य गर्ने गर्दछन्।

वनगाँउ सामुदायिक विपद् व्यवस्थापन समितिले पनि आफ्नो समुदायलाई, कोभिड- १९ को अनिश्चितताको वावजुद मनसुनसँग जुझ्न सक्रिय रुपमा सहयोग पु¥याइरहेका छन्। वि. स. २०६५(६६ सालतिर वनगाँउमा वाढीले ठुलो क्षति गरेको थियो तर समुदायको नेतृत्वमा भएको प्रभावकारी विपद पूर्वतयारी तथा व्यवस्थापनले गर्दा अहिले समुदाय मनसुनको समयमा पनि धेरै सुरक्षित महशुश गर्छन्। जुरिच वाढी उत्थानशील गठबन्धन ZFRA को तर्फबाट प्राक्टिकल एक्सनले CSDR सगँ मिलेर २०१३ देखि यो समुदायसगँ सहकार्य गरि आएको छ। सहकार्यको पहिलो चरणमा समुदायको वाढी उत्थानशीलता वढाउनको लागि पूर्वतयारी, संरचनात्मक तथा गैर-संरचनात्मक न्यूनीकरणका उपायहरु एवं उत्थानशील जिविकोपार्जन जस्ता क्षेत्रमा सहयोग गरेको थियो भने दोस्रो चरणमा सा. वि. व्य. स हरुको वाढी उत्थानशील सम्बन्धि ज्ञान तथा कार्यहरुमा वृद्धि गर्दै विभिन्न तालिम, छलफल, सामाजिक परिचालन तथा वार्षिक कृत्रिम वाढी अभ्यासको माध्यमबाट समुदायको वाढी उत्थानशीलता मा वृद्धि गर्ने उद्देश्य राखेको छ।

 

टीकापूर नगरपालिका वडा नं ८ मा रहेको वनगाँउ समुदायमा ६८ घरधूरी रहेका छन्। समुदायका सदस्यहरुका साथसाथै नगरपालिका का सरोकारवालाहंरुले समेत यस वनगाँउ सामुदायिक विपद् व्यवस्थापन समितिलाई सक्रिय र साधनयुक्त भएको भन्दै सराहना गरेका छन्।

विपद् व्यवस्थापन कोषको माध्यमबाट समुदायको उत्थानशीलतामा वृद्धि

वनगाँउ समुदाय कृषिप्रधान भएकोले, विपद् व्यवस्थापन कोषको लागि सदस्यहरुले आ(आफ्नो कृषि उपज (धान, गहूँ) ईत्यादि सामुदायिक विपद् व्यवस्थापन समितिलाई सहयोग गर्ने चलन रहेको छ। यसरी प्राप्त कृषि उपजलाई सा. वि. व्य. स ले वेचेर आएको नाफा कोषमा राख्ने गर्छ। यसै वर्ष सा. वि. व्य. स ले उठेको बाली वेचेर ८००० रुपैँया संकलन गरेको छ ।

महामारीको समयमा पनि समुदायको उत्थानशीलतामा वृद्धि कार्यक्रमहरुमा निरन्तरता

चूनौतीहरुको बावजुद वनगाँउ सा. वि. व्य. स ले कोभिड १९ को समयमा स्वच्छ हात धुने तथा सामाजिक र भौतिक दूरी कायम गर्दा हुने फाईदाहरु बारे सचेतना कार्यक्रम सञ्चालन गरेको छ। साथै कोभिड १९ को समयमा पनि सा. वि. व्य. स ले आफ्नो समुदायमा रहेको वाढी बाट बच्ने आश्रय स्थल सम्म पुग्ने बाटोमा रोडा- गिट्टि हालेर सुधारगरेका छन्। जसले गर्दा समुदायलाई वाढी आउँदा सुरक्षित रुपले आश्रय स्थल सम्म पुग्न मद्दत पुग्नेछ। साथै सिँचाई विभागको सहयोगमा सा. वि. व्य. स ले आफ्नो समुदायमा वर्षेनी कटानी रोक्न चेक ड्यामको निर्माण गरेको छ।

  

 

आफ्नो समुदायमा कोभिड १९ संक्रमणको जोखिम कम गर्नको लागि सा. वि. व्य. स ले विदेशबाट आउने सबै कामदारहरुलाई , सरकारी क्वारान्टाईनमा १४ दिन बसेपनि ७ दिन थप बस्नुपर्ने नियम बनाएको छ।

समुदायका सबैभन्दा वढि संकटासन्न सदस्यहरुको लागि सहयोग

सरकारले कोभिड १९ संक्रमणको नियन्त्रणको लागि गरेको ३ महिने बन्दाबन्दिका बेला सा. वि. व्य. स ले वडा तथा नगरपालिकासँग मिलेर वनगाँउ समुदायका ११ वटा अति विपन्न घरधूरीहरुको लागि राहत वितरण गरेका थिए। दैनिक ज्यालादारीबाट जिविकोपार्जन गर्ने ११ वटा घरधूरीहरुको लागि यो ठुलो सहयोग हो। साथै सा. वि. व्य. स ले विभिन्न गैर सरकारी संस्थाहरुको साझेदारीमा सरसफाई तथा स्वास्थ्य सम्बन्धि सामाग्रीहरु वितरण गरेको थियो।

वनगाँउ समुदायसगँ नजिकबाट काम गर्नूहुने CSDR का सामाजिक परिचालक अन्जु चौधरी भन्नुहुन्छ, “ वनगाँउ सा. वि. व्य. स निकै सक्रिय र साधनयुक्त छ, र यसको मुख्य श्रेय सा. वि. व्य. स को अध्यक्षको नेतृत्वलाई दिनुपर्छ। समुदायले पनि अध्यक्षले भन्नुभए पछि मान्नुहुन्छ, उहाँको समुदायमा राम्रो छवि छ र साथसाथै वनगाँउ सा. वि. व्य. स को अरु सरोकारवालाहरु सँग राम्रो समन्वय छ। यसैले वनगाँउ सा. वि. व्य. स.को विपद् व्यवस्थापनको श्रोत तथा जानकारीमा राम्रो पहूँच रहेको छ।

समुदायको विश्वास र काममा पारदर्शिता

सा. वि. व्य. स को सफलताको लागि महत्वपूर्ण छन् समुदायका सदस्यहरुको अनुसार वनगाँउ सा. वि. व्य. स आफ्नो काम कारवाहीमा निकै पारदर्शि छ, त्यसैले सफल छ।

श्रीराम चौधरीका अनुसार वनगाँउ सा. वि. व्य. स , महिला र युवाहरुको सवालमा निकै समावेशी छ। त्यस्तै, सा. वि. व्य. स को कार्यक्रनहरुमा दलित सहभागिता उल्लेखनीय छ। “ वनगाँउ सा. वि. व्य. स. का ७ सदस्यहरु मध्ये ४ सदस्यहरु महिला हुन्, र विभिन्न कार्यदलहरुमा पनि नेतृत्वदायी भूमिकामा छन्। युवाहरुले समितिमा सुझावहरु राख्दा समितिले राम्रैसँग ग्रहण गर्छ ।सीपमूलक तालिमहरु तथा अवसरहरु आउँदा युवा तथा महिलाहरुलाई प्राथमिकता दिनुहुन्छ। म आफैँले पनि गएको वर्ष चितवनमा एउटा सीपमूलक तालिममा सहभागी हुने मौका पाएको थिएँ र यो कोभिड १९ को अवस्था सामान्य भएपछि आफ्नै व्यापार सुरु गर्ने विचारमा छ”, उहाँले भन्नुभयो।

कोभिड १९ ले कसरी समितिको काम कारवाहीमा असर पारेको छ

कोभिड १९ ले सा. वि. व्य. स हरु माझ थुप्रै चूनौतीहरु थपेका छन्। प्रत्येक वर्ष जुन महिनाको ५ तारिखमा गरिने कृत्रिम घटना अभ्यास समुदायले यस वर्ष गर्न पाएनन्। वनगाँउ सा. वि. व्य. स. का अध्यक्ष राम प्रसाद चौधरीका अनुसार आउने दिनहरुमा श्रोत जुटाउन निकै गाह«ो हुनेछ। “यो ३ महिने बन्दाबन्दिको बेलामा समुदायका सबैजसो परिवारहरुको आर्थिक अवस्थामा नराम्रो प्रभाव परेको छ, सबैलाई गाह«ै छ। यस्तो अवस्थामा सबैको प्राथमिकता घरमा नै केन्दि«त रहन्छ र विपद् व्यवस्थापन कोषको लागि श्रोत जुटाउन गाह«ो हुनेछ।

संघीय स्तरमा कुरा गर्नुपर्दा , कोभिड १९ को लागि नेपाल सरकारले विपद् प्रतिकार्य कोषबाट रु. ३,१२६,२००,००० खर्च गरिसकेको छ ९स्रोतस् नेपाली टाईम्स, जुलाई ९, २०२००। यसले गर्दा नेपाल सरकारको मनसुनजन्य प्रकोप विशेषतः वाढी तथा पहिरो को प्रतिकार्य क्षमतामा ह«ास आउने देखिन्छ।

भविष्यका आवश्यकताहरु

विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन को विषयमा संघीय सरकारको कार्यशैली प्रतिकार्यमा मात्र केन्दि«त रहेको देखिन्छ, त्यो पनि आफैमा ढिलो अनि अपुग रहेको देखिन्छ। विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन को सवालमा भर्खरै बनेका प्रदेश तथा स्थानीय सरकारको क्षमतामा पनि अझै विकास हुन बाँकी छ।

कुनै पनि जोखिमको अग्रपंक्तिमा समुदाय उभिएका हुन्छन् र समुदाय नै सबैभन्दा वढि प्रभावित हुन्छन् त्यसैले समुदायलाई विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन चक्रमा क्षमता वढाउँदै समुदायको उत्थानशिलता क्षमता वृद्घि गर्न सा. वि. व्य. स. को प्रमुख भूमिका हुने गर्दछ। वनगाँउ सा. वि. व्य. स ले सक्रिय रुपमा विभिन्न सरोकारवालाहरुसँग सहकार्य गर्दै समुदायको उत्थानशिलता क्षमतामा वृद्घि गरेका छन्। सरकारको नयाँ निर्देशन अनुसार आउने दिनहरुमा सा. वि. व्य. स. हरुको भूमिका फराकिलो भएर समुदायको जलवायु उत्थानशिलतामा काम गर्नुपर्ने देखिन्छ।

हालको महामारीको अवस्था, कामको अभाव र बजार ठप्प भएको कारणले सबै घरधूरीहरुले आर्थिक समस्या भोगिरहेका छन्। यसको असर आउने समयमा सा. वि. व्य. स हरुले नेतृत्व गर्नुहुने विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धि कार्यक्रममा पर्ने छ, र यसले गर्दा पहिले देखि कमजोर विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिदृश्य अझै कमजोर हुने सम्भावना देखिन्छ। स्थानीय सरकारहरुले आ-आफ्ना क्षेत्रका सा. वि. व्य. स हरुको संस्थागत स्वास्थ्यको मूल्याकंन गरेर आवश्यकता अनुसार चाहिने प्राविधिक तथा आर्थिक सहयोग गर्नुपर्छ जसले गर्दा हालको महामारीको अवस्थामा सा. वि. व्य. स हरुलाई आफ्नो काम कारवाही पूरा गर्न सहयोग मिलोस्।


प्रतिकृया

अघिल्लो कथापछिल्लो कथा

अन्य कथाहरु

प्रश्न सोध्नुहोस्