विद्युत जडान तालिमले विकास गरेको आत्मविश्वास र उत्थानशीलता

April 01, 2019

जीतराम चौधरी कैलाली जिल्ला टिकापुर नगरपालिका वडा नं. ५ मा पर्ने नुक्लिपुर समुदायमा बसोवास गर्दछन् । घरवासबाहेक थप जग्गा नभएको उनको परिवारको आर्थिक अवस्था कमजोर थियो । घर छेउैबाट बग्ने कर्णाली नदीको बाढीबाट बर्षेनी डुबानको समस्या र कमजोर आर्थिक अवस्था भएका कारण जीतरामलाई परिवार पाल्न कडा संघर्ष गर्नुपर्थ्यो ।

जीत राम चौधरी 

मजदुरी र अधिया खेती गरी जेनतेन परिवार पाल्दै आएका जीतरामले सामाजिक विकास तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित नेपाल बाढी उत्थानशील परियोजना (NFRP) अन्तर्गत सञ्चालन हुन लागेको २ महिने विद्युत जडान तालिमबारे जानकारी पाउनुभयो र तुरुन्तै यसका लागि आवेदन दिनु भयो । तालिम सम्पन्न भएलगत्तै जीतरामले चुली घरमा विद्युत जडान कार्य गर्न सुरु गरे । तीन महिनामा वाईरिङ्ग गर्न सुरु गरेका जीतराम एक वर्षमा विद्युत जडान काम गरेरै १,४०,००० रुपियाँको आम्दानी गर्न सफल भए । आम्दानीको पैसाले १ विगाह बन्डागी (जग्गा) समेत किनिसकेका जीतराम अहिले मिस्त्री व्यवसायबाट घरको खर्च राम्रोसँग चलाइरहेका छन् ।

वाईरिङ्ग गर्दै जीत राम चौधरी  

तालिममा सहभागी हुनुभन्दा अघि उनी कामको खोजीमा भौतारिरहेका थिए । न त हातमा सीप थियो न त काम गर्नलाई पैसा । त्यसमाथि परिवारको अवस्थाका कारण उनलाई कसैले विश्वास गर्दैनथे न त कसैले काम दिन्थ्यो ! अहिले हातमा सिप भएपछि कसले काम देला भनेर सोच्नु नपरेको बताउँछन् जीतराम । "म नै अरुलाई काम दिन सक्ने भएको छु । अहिले मलाई सामाजिक दृष्टिकोणमा हेर्ने हेराईमा परिवर्तन आएको छ । हिजोका दिनमा हेलाँ गर्नेहरू आज सम्मानजनक व्यवहार गर्छन् । मैले त्यो किसिमको विश्वास आर्जन गरेको छु । यो मेरो मेहनत र लगनको प्रतिफल हो ।" यो जीतरामको आत्मविश्वास बोलिरहेको थियो ।


प्रतिकृया

अघिल्लो कथापछिल्लो कथा

अन्य कथाहरु

  • 2019

    • Nepal villages cope with climate-induced floods

        Farmers in the Tarai displaced by floods return to their homes, better protected for the next disaster Original Story in Nepalitimes; By Sonia Awale in Kanchanpur Most research about climate impact in the Himalaya deals with receding snowlines and retreating glaciers. A lot less is known about how farmers are managing with too much – or too little — water due to the changing climate. Irregular monsoons and extreme rainfall have made floods more destructive in recent years, and the Ta...

    • सुख दुःखमा सेफ सेल्टर

      बर्दिया जिल्लाको गेरुवा गाँउपालिका वडा न. ६ मा पर्ने सोनाँफाँटा समुदाय गेरुवा नदीको किनारमा रहेको पिछडिएको समुदायमध्येको एक हो । बर्दिया राष्ट्रिय निकुञ्जको बफर जोनमा पर्ने यो समुदायमा ज...

    • विद्युत जडान तालिमले विकास गरेको आत्मविश्वास र उत्थानशीलता

      जीतराम चौधरी कैलाली जिल्ला टिकापुर नगरपालिका वडा नं. ५ मा पर्ने नुक्लिपुर समुदायमा बसोवास गर्दछन् । घरवासबाहेक थप जग्गा नभएको उनको परिवारको आर्थिक अवस्था कमजोर थियो । घर छेउैबाट बग्ने कर्...

    • आपतकालिन कोष समुदायको आवश्यकता

      नेपालको सुदुरपश्चिममा पर्ने कैलाली जिल्ला बाढी प्रकोपबाट प्रभावित जिल्ला हो। महेन्द्र राजमार्गबाट २४ किलोमिटर दक्षिणमा पर्ने साबिकको धनसिंहपुर गाविस हालको टिकापुर नगरपालिका वडा नं. ८ क...

प्रश्न सोध्नुहोस्