सुख दुःखमा सेफ सेल्टर

April 01, 2019

बर्दिया जिल्लाको गेरुवा गाँउपालिका वडा न. ६ मा पर्ने सोनाँफाँटा समुदाय गेरुवा नदीको किनारमा रहेको पिछडिएको समुदायमध्येको एक हो । बर्दिया राष्ट्रिय निकुञ्जको बफर जोनमा पर्ने यो समुदायमा जम्मा ८८ घरधुरी छन् र अधिकांश दलित र गरिबीको रेखामुनी छन् । खेतीपातीबाट राम्रो उत्पादन नहुनाले यस समुदायको मुख्य आम्दानी भनेकै भारत तथा नेपालका विभिन्न शहरहरूमा गएर ज्यालामजदुरी गर्नु हो ।

सोनाँफाँटा समुदायको

वर्षेनी वर्षाको समयमा बाढीको उच्च जोखिममा रहने यो समुदायमा धेरैजसो घरहरू साना खरले छाएका झोपडीहरू पाइन्छन् जुन बाढीको हिसावले उच्च जोखिममा पर्दछन् । २०७१ सम्मको बाढीमा यो समुदायका अधिकांश घरहरू डुबानमा परेका थिए, साथै प्रत्येक वर्ष निकुञ्जका हात्ती, बँदेल लगायतका अन्य जंगली जनावरले खेतीपाती खाइँदिने, मानिसको ज्यान नै जोखिममा पार्ने गरी घरहरू भत्काउने गर्दै आएका छन् । यिनै विभिन्न जोखिमहरूबाट बच्नका लागि नेपाल बाढी उत्थानशील परियोजनाको आर्थिक र प्राविधिक सहयोगमा र समुदायमा रहेका ८८ घरधुरीले श्रमदानस्वरुप २०७२ माघ २९ बाट आश्रय भवनको निर्माण शुरु गरियो जुन २०७३ चैत्र १५ मा सम्पन्न भयो । हाल समुदायमा पक्की घर, त्यसमा पनि २ तल्ले, भनिएको यहीँ आश्रय भवन हो, जसको कारण समुदायलाई बर्सेनी आउने बाढी र पटक पटक दुःख दिने निकुञ्जका जंगली जनावरहरूबाट निकै राहत मिलेको छ ।  

सोनाँफाँटा सेफ शेल्टर

सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष जय ब. शाही भन्नुहुन्छ, “यो वर्ष मात्रै पटक पटक गरेर हात्तीले यस समुदायका ८ घरहरू भत्काएको छ । झण्डै ज्यान नै जान सक्ने अवस्था आएको थियो, तर यही सेल्टरमा आएर बसी आफ्नो ज्यान बचाउँन सफल भइयो ।”  

समितिका अध्यक्ष जय ब.शाही

सोही गाउँमा बसोबास गर्ने सुकलाल खत्री भन्नुहुन्छ “मेरो घर त झन् नदीको किनारमा छ । बाढी आउँदा पनि सेल्टरमै जान्छु र हात्तीले घर भत्काउँदा पनि सेल्टरमै आको थिए जाउँ भने अन्त जाने ठाउँ छैन । धन्न सेल्टर बनेको छ र म र मेरो परिवारको ज्यान जोगिएको छ ।” 

सेल्टर निर्माण समितिका अध्यक्ष अम्मर ब. खत्री भन्नुहुन्छ “यो सेल्टर नबनेको भए हाम्रो त बिचल्ली नै हुने थियो । बाढी आउँदा, हात्तीले सताउँदा, विभिन्न समूहको बैठक, गाँउ भेलालगायतका सार्वजनिक कामहरूमा यहीं सेल्टरको प्रयोग भएको छ । पहिले विपत्‌को समयमा कहाँ जाने कसो गर्ने भन्ने गाँउलेलाई चिन्ता थियो, अब त सबै ढुक्क छन्” उनले मुस्कुराउँदै परियोजनालाई धन्यवाद दिए ।


प्रतिकृया

अघिल्लो कथापछिल्लो कथा

अन्य कथाहरु

  • 2019

    • Nepal villages cope with climate-induced floods

        Farmers in the Tarai displaced by floods return to their homes, better protected for the next disaster Original Story in Nepalitimes; By Sonia Awale in Kanchanpur Most research about climate impact in the Himalaya deals with receding snowlines and retreating glaciers. A lot less is known about how farmers are managing with too much – or too little — water due to the changing climate. Irregular monsoons and extreme rainfall have made floods more destructive in recent years, and the Ta...

    • सुख दुःखमा सेफ सेल्टर

      बर्दिया जिल्लाको गेरुवा गाँउपालिका वडा न. ६ मा पर्ने सोनाँफाँटा समुदाय गेरुवा नदीको किनारमा रहेको पिछडिएको समुदायमध्येको एक हो । बर्दिया राष्ट्रिय निकुञ्जको बफर जोनमा पर्ने यो समुदायमा ज...

    • विद्युत जडान तालिमले विकास गरेको आत्मविश्वास र उत्थानशीलता

      जीतराम चौधरी कैलाली जिल्ला टिकापुर नगरपालिका वडा नं. ५ मा पर्ने नुक्लिपुर समुदायमा बसोवास गर्दछन् । घरवासबाहेक थप जग्गा नभएको उनको परिवारको आर्थिक अवस्था कमजोर थियो । घर छेउैबाट बग्ने कर्...

    • आपतकालिन कोष समुदायको आवश्यकता

      नेपालको सुदुरपश्चिममा पर्ने कैलाली जिल्ला बाढी प्रकोपबाट प्रभावित जिल्ला हो। महेन्द्र राजमार्गबाट २४ किलोमिटर दक्षिणमा पर्ने साबिकको धनसिंहपुर गाविस हालको टिकापुर नगरपालिका वडा नं. ८ क...

प्रश्न सोध्नुहोस्