मंसिर ४, २०७९ अब्दुल्लाह मियाँ शर्म अल शेख, रेडसी रिसोर्टस् — दुई सातादेखि यहाँ जारी राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २७) जलवायुजन्य हानिनोक्सानी सम्बोधनका लागि अलग्गै कोष स्थापना गर्ने ऐतिहासिक निर्णय गर्दै सकिएको छ । तोकिएकोभन्दा थप दुई दिन रस्साकस्सीपछि देशहरु यो निर्णयमा पुगेका हुन् । शुक्रबार सक्ने भनिएको कोप २७ आइतबारसम्म लम्बिएको थियो । उक्त कोष अर्को वर्षदेखि […]
