[सेतोपाटी]बेमौसमी वर्षाले पुर्‍याएको धानबालीको क्षतिबारे अध्ययन गर्न सरकारले बनायो कार्यदल

अक्टोबर 26, 2021


मंगलबार, कात्तिक ९, २०७८

फाइल।

बेमौसमी वर्षाले पुर्‍याएको धानबालीको क्षतिबारे अध्ययन गर्न सरकारले कार्यदल गठन गरेको छ।

गृह मन्त्रालयका सचिवको संयोजकत्वमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, संघीय मामिला तथा सामान्य प्रशासनका सचिव र राष्ट्रिय योजना आयोगका सचिव सदस्य रहेको कार्यदल गठन गर्ने मन्त्रिपरिषदले निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

उक्त कार्यदललाई तीन दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ।

यो समाचार सेतोपाटी मा कार्तिक ९ गते प्रकाशन भएको र यहां साभार गरिएको हो। मूल लिंक यहाँ पाउन सकिन्छ।