
[सेतोपाटी] यसपालि अहिलेसम्म बाढी- पहिरोबाट कहाँ कति क्षति

सेतोपाटी संवाददाता
काठमाडौं, असार १५
लगातारको वर्षासँगै आएको बाढी र पहिरोले मुलुकका केही स्थानमा सडक अवरूद्ध हुनुका साथै बाढी बस्ती पसेको छ।

झापा
शिवसताक्षी नगरपालिका(४ बस्ने हरिदेव ताजपुरियाको कुखुरा फाराममा मंगलबार दिउँसो अविरल वर्षाको कारण पानी पस्दा १ हजार २ सय ब्रोईलर कुखुरा मर्नुका साथै दाना सहित करिब १० लाख ४० हजार रूपैयाँ बराबरको धनमाल क्षति भएको छ।
यसैगरी झापाको गौरीगंज गाउँपालिका(४ सुकुम्बासी बस्तीमा मंगलबार दिउँसो अविरल वर्षाको कारण कृष्णखोलाबाट बाढी आउँदा १५ घर डुबानमा परेका छन्। ईलाका प्रहरी कार्यालय खजुरगाछिबाट खटिएको प्रहरीले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी ती घर परिवारलाई सोही ठाउँस्थित राष्ट्रिय प्रावि अल्तावारीमा सुरक्षित स्थानान्तरण गरेको छ ।
मोरङ
बुढीगंगा गाउँपालिका(१ खात टोलस्थित सिङिया खोलामा मंगलबार दिउँसो अविरल वर्षाको कारण पानीको बहाव बढ्न गई खात टोलमा रहेका करिब २६ घरमा बाढी पसेको छ। यस्तै मोरङकै कटहरी गाउँपालिका(१ टाईगर टोलका करिब ६० घरमा पानी पसेको छ।
यस्तै मोरङकै जहदा गाउँपालिका(१ राजबंशी चोकका करिब १४ घर र जहदा गाउँपालिका(२ हरीनगरामा रहेका करिब १ सय घरमा मंगलबार दिउँसो अविरल वर्षाको कारण सिङगीया खोलाको पानी छिरेको छ।
मोरङको लेटाङ नगरपालिका(३ फायर लाईनस्थित लेटाङ कानेपोखरी सडकमा मंगलबार दिउँसो रूख लडेर सडक अवरोध भएको छ।
रूपन्देही
बुटवल उपमहानगरपालिका(९ मिलनचोकस्थित राम प्रसाद घिमिरेको सिद्वार्थ भूमि इन्टरनेशनल ट्रेडिङ प्रालिको गोदाममा मंगलबार दिउँसो अविरल वर्षाको कारण पानी पस्दा गोदाममा रहेका प्लाई, फोरमाइका, ढोका आइटम र किचन बास्केट डुबानमा परी क्षति भएको छ।
बुटवल उपमहानगरपालिका(११ कालिकानगरस्थित सुरेन्द्र पराजुलीको साझा आल्मुनियम प्रालिमा मंगलबार दिउँसो अविरल वर्षाको कारण पानी पस्दा २ सय प्याकेट इस्क्रुप, २० प्याकेट रिबिट, २० कार्टुन डोर क्लोजर, २ सय रोल रबर, ५ सय पिस एसिटी, १ सय पिस बोर्ड र ५ सय पिस ग्लास लगायतका धनमाल डुबेर क्षति भएको छ ।
यस्तै सिन्धुली, दार्चुला, मोरङ, बागलुङ, प्युठान, धादिङ, दाङ, तनहुँ, नवलपरासी ९पूर्व०, धनकुटा, उदयपुर र सोलुखुम्बुका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरोध भएको छ।
सिन्धुली
गोलन्जोर गाउँपालिका(५ सोलाभन्ज्याङस्थित बिपि राजमार्गमा बुधबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ। यस्तै गोलन्जोर गाउँपालिका(६ अकरे भिरस्थित सडकमा बुधबार बिहान ढुङ्गा माटो सहितको पहिरो जाँदा सडक अवरोध भएको छ।
दार्चुला
शैल्यशिखर नगरपालका(९ नक्तडीमा गोकुलेश्वर दार्चुला सडकमा बुधबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ।
बागलुङ
गल्कोट नगरपालिका(७ आगाखेतस्थित सडकमा मंगलबार राति पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ।
प्युठान
सरूमारानी गाउँपालिका(४ अँधेरी खोला, पाँकुरी खोलामा मंगलबार राति लेदो सहितको पहिरो जाँदा प्यूठान भालुवाङ सडक खण्ड अवरोध भएको छ।
साथै माण्डबी गाउँपालिका(५ चेरनेटामा बुधबार बिहान लेदो सहितको पहिरो जाँदा सडक अवरोध भएको छ।
धादिङ
गल्छी गाउँपालिका(६ महेश दोभानस्थित पृथ्वी राजमार्गमा बुधबार बिहान लेदो सहित पहिरो जाँदा सडक अवरोध भएको छ।
दाङ
घोराही उपमहानगरपालिका(१३ बगाले भन्ने स्थानमा रहेको भेरे खोलामा मंगलबार राति भेल आई रोल्पा होलेरीदेखि घोराहीतर्फ आउँदै गरेका ३ वटा सवारी साधन फसी घोराही रोल्पा होलेरी सडक पूर्णरूपमा अवरोध भएको छ।
आँबुखैरेनी गाउँपालिका(२ ऐनापहरास्थित पृथ्वी राजमार्गमा बुधबार बिहान ढुंगा माटो सहितको लेदो पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ।
नवलपरासी ९पूर्व०
विनयीत्रिवेणी गाउँपालिका(१ स्थित खहरे खोला, मध्यबिन्दु नगरपालिका(१० स्थित ठूलो खहरे र सानो खहरे खोलामा पुल निर्माणको लागि बनाईएको तीन वटा ड्राईभर्सन अबिरल वर्षाको कारण बुधबार बिहान बगाउँदा पूर्वपश्विम राजमार्ग अवरोध भएको छ।
धनकुटा
धनकुटा नगरपालिका(९ सिम्सुवास्थित मुलघाटदेखि त्रिवेणी जाने सडकमा बुधबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ।
उदयपुर
कटारी नगरपालिका(१४ वनडाँडास्थित सिद्दिचरण राजमार्गमा बुधबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ।
यसैगरी चौदण्डिगढी नगरपालिका(१० खैराझोडा र सोही नगरपालिका(९ ज्यामिरे खोलामा आएको बाढीको कारण सडक अबरोध भएको छ।
सोलुखुम्बुको महाकुलुङ गाउँपालिका(१ लोचनस्थित बुङबाट सोताङतर्फ आउने सडकमा मंगलबार साँझ पहिरो जाँदा सडक अबरोध भएको छ।
चितवन
खैरहनी नगरपालिका(६ तुलसीपुरस्थित लदरी खोलाले बगाएर वडा१ शाही चोक बस्ने रत्ननगर नगरपालिका(१४ घर भएकी ३४ वर्षीया कल्पना श्रेष्ठ रिजालको मंगलबार दिउँसो मृत्यु भएको छ ।
उक्त खोलामा निगुरो टिप्न जाने क्रममा खोलाको डिलबाट लडेर खोलाले बगाएको भन्ने खबर प्रात हुनासाथ ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब १५ मिटर टाढा सोही खोलाको डिलमा उनको शव फेला पारेको हो।
यो लेख सेतोपाटी पत्रिकामा असार १५गते प्रकाशित भएको र यहाँ साभार गरिएको हो। मूल समाचार यहाँ पढ्न सकिन्छ।