
मनसुन अझै दस दिन लम्बिने

नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १० मानिन्छ भने सामान्यतया सेप्टेम्बर २३ सम्म मनसुन कायम रहन्छ। पछिल्लो केही वर्षको तथ्यांक हेर्दा नेपालमा सेप्टेम्बरमा मनसुन नसकिएर अक्टोबरसम्म पुग्ने गरेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालबाट मनसुन यो दिनबाट बाहिरिन्छ भनेर किटानी गर्न नसकिए पनि अहिले नै बाहिरिने संकेत भने देखिँदैन।अहिले पनि मनसुन सक्रिय रही सामान्य वर्षा भइरहेकाले मनसुन अझै हप्ता १० दिनसम्म कायम रहने सङ्केत देखिएको छ।
आगामी मंगलबारसम्म देशभरका मौसम सामान्य बदली रहने र पूर्व र मध्यका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले प्रक्षेपण गरेको छ। स्रोत: Setopati