
मनसुन २०१९ अपडेटः मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने

मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा नेपालको तराई भागभन्दा दक्षिणतिर अवस्थित रहेकाले हाल मनसुनी गतिविधि कम सक्रिय रहेको छ ।
न्यूनचापीय रेखा नेपालसम्म आइपुग्न तीन– चार दिन लाग्ने भएकाले तत्काल मनसुन सक्रिय नहुने अवस्था छ । यद्धपि देशकाे अधिकासं भागमा सामान्यदेखि पूर्ण बदली हुने सम्भावना भने यथावत् छ ।
स्राेतः onlinekhabar.com