[हिमाल खबर] कोरोनाले खाइदियो विपद् व्यवस्थापनको ३ अर्ब !

जुलाई 9, 2020

 

 

 

विहीबार, असार२५, २०७७

रमेश कुमार

मनसुन पूर्व नै मनग्गे वर्षाका कारण यसवर्ष बाढीपहिरो लगायतका जोखिम पहिले भन्दा बढ्ने अनुमान गरिएको तर, कोरोना भाइरस महामारी रोकथामका लागि भन्दै राहत र उद्धारको बजेट भने तीन अर्बले घटेको छ।

 

नेपालीका लागि हरेक वर्षायाम विपद् बनेर आउँछयो वर्ष पनि ३० जेठमा भित्रिएको मनसुन सक्रियताले देशैभरि वर्षासँगै प्रकोपका घटना बढिरहेका छन्गएको महीनामा मात्र बाढी, पहिरोका कारण ३८ जनाको ज्यान गइसकेको छ।

गृहमन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्ष साउनको दोस्रो र तेस्रो साता बाढी, पहिरो लगायतका पानीजन्य विपद् एकैपटक खप्टिने अनुमान गरेको छ।

वर्षायाम शुरु हुनु अघि नै औसत भन्दा बढी वर्षा भएकाले पानीले माटो गालेका कारण यो वर्ष पहिरोको जोखिम पनि पहिले भन्दा बढी 

प्राधिकरणले यो वर्ष देशभर दुई लाख ५० हजारवटा पहिरो जान सक्ने आकलन गरेको । त्यस्तै,  बाढी,  डुबान, कटानका १२ लाख ५० हजार सम्भावित घटनाको अनुमान गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना२०७७का अनुसार, प्रदेश नम्बर २ र ५ मा बाढीको विपद् बढी हुने अनुमान छ।

विपद् शुरुभइसके पनि १ साउनबाट शुरु हुने आगामी आर्थिकवर्षका लागि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनामा छुट्याएको बजेट भने ह्वात्तै घटेको छ।

 

“अचम्म चाहिं के छ भने, गृहमन्त्रालयका अधिकारीहरुलाई नै उद्धार, राहत तथा पुनर्स्थापनाको ट ह्वात्तै घटेको बारे थाहा छैन।मन्त्रालयका सहसचिव केदारनाथ शर्मा यो शीर्षकको बजेट घटेको विषयमा आफूलाई जानकारी नभएको बताउँछन्।“

 

 

चालु आर्थिक वर्ष २०७६\७७ मा उद्धार, राहत र पुनर्स्थापनामा रु३ अर्ब १२ करोड ९२ लाख विनियोजन गरेको थियोतर, आगामी आर्थिक वर्षका लागि यो शीर्षकको बजेट रु.१२ करोड ५३ लाख मात्र विनियोजन गरिएको त्यस्तैऔषधि खरीदका लागि छुट्याएको रकम पनि चालु आर्थिक वर्षको रु५ अर्ब १ करोडबाट घटेर आगामी आर्थिक वर्षका लागि रु.अर्ब५० करोडमा सीमित भएको छ।

अचम्म चाहिं के छ भने, गृहमन्त्रालयका अधिकारीहरुलाई नै उद्धार, राहत तथा पुनर्स्थापनाको बजेट ह्वात्तै घटेको बारे थाहा छैन।मन्त्रालयका सहसचिव केदारनाथ शर्मा यो शीर्षकको बजेट घटेको विषयमा आफूलाई जानकारी नभएको बताउँछन्।

विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता जनार्दन गौतम भने स्थानीय र प्रदेश सरकारहरुले विपद् व्यवस्थापनका लागि आवश्यक रकम छुट्याएको हुँदा संघीय सरकारको बजेट घटेको हुन सक्ने तर्क गर्छन्।

बजेट तर्जुमा दिग्दर्शन २०७५ले २७२१२ नम्बरको उद्धार, राहत र पुनर्स्थापना शीर्षकले विपद् वा अन्य घटनाका कारण भएको क्षति वापत व्यक्ति वा संस्थालाई दिइने क्षति पूर्ति रकमप्राकृतिक प्रकोप उद्धार तथा राहतका लागि सरकारको निर्णय वा कानूनी व्यवस्थाका आधारमा खर्च हुने रकमलाई यो शीर्षकमाराखेको छ।

प्राकृतिक प्रकोप र विपदमा खर्च गर्न सरकारको छुट्टै केन्द्रीय विपद् व्यवस्थापन कोष पनि यो कोषमा रु१ अर्ब ५३ करोड ७०लाख मौज्दात छ।

तर, सरकारले भूकम्प, बाढी पहिरोआगलागी जस्ता प्राकृतिक विपदमा खर्च गर्न बनाएको यो कोष को रकम कोरोना भाइरस संक्रमण नियन्त्रणमा खर्चने निर्णय गरिसकेको गृहमन्त्री अध्यक्ष रहने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैैठकले यो रकम कोरोना भाइरस प्रतिकार्य योजनाका लागि खर्च गर्ने अनुमति दिइसकेको छ।

केन्द्रीय कोषको रकम पनि कोरोनाभाइरस संक्रमणको रोकथाम र नियन्त्रणमा खर्च हुँदा वर्षायामको यो विपद् कष्टकर बन्ने जोखिम बढेकोछ।

केन्द्रीय कोष बाहेक हरेक जिल्लाको जिल्ला प्रशासन कार्यालय मातहतको जिल्ला विपद् व्यवस्थापन कोषमा पनि रु३ लाख देखि ५ लाखसम्म रकम रहने गर्छ। तर, कोरोनाभाइरस रोकथामका लागि अधिकांश जिल्लामा ती रकम पनि खर्च भइसकेका छन्।यसकारण जिल्लामा पनि विपद् व्यवस्थापनका लागि रकमको अभाव छ।

यो कोष मार्फत प्राकृतिक प्रकोपबाट मृत्यु हुनेको परिवारलाई रु१ लाख राहत तथा आवासको क्षतिमा रु.१० हजार देखि ५० हजारसम्म राहत दिइने गरिएको छ।

 

“त्यस्तैविगत ९ वर्षमा पहिरोका कारण ९०४ जनाको ज्यान गएको र २३३ जना बेपत्ता भएको तथ्याङ्क साउन र भदौमा सबैभन्दा धेरै पहिरोको जोखिम हुन्छ।“

 

स्थानीय तह र प्रदेश सरकारहरुले पनि विपद्का लागि बजेट विनियोजन गरेपनि अधिकांश रकम कोरोनाभाइरसको रोकथाम र नियन्त्रणका लागि खर्च गरिसकेका छन्।

बितेको ९ वर्षमा नेपालमा बाढीका कारण झण्डै ८०० जनाको ज्यान गएको र ५०० हराइरहेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख यस हिसाबमा पनि हरेक वर्ष बाढीका कारण करीब डेढ सयको मृत्यु हुने गरेको बाढीले वर्षेनि औसत रुअर्ब ८५ करोडको भौतिक क्षति पुर्याउँछ।

त्यस्तै, विगत ९ वर्षमा पहिरोका कारण ९०४ जनाको ज्यान गएको र २३३ जना बेपत्ता भएको तथ्याङ्क साउन र भदौमा सबैभन्दा धेरै पहिरोको जोखिम हुन्छ।

वर्षायामको विपद्सँग जुध्न तथा प्रतिकार्यका लागि प्राधिकरणलेमनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना २०७७लागू गरेको छ।यो कार्ययोजनाले विपद्सँग जुध्ने पूर्वतयारीका लागि सम्बन्धित विषयगत मन्त्रालय तथा निकायहरुको जिम्मेवारी तोकेको छ।