मंगलबार, कात्तिक ९, २०७८ बेमौसमी वर्षाले पुर्याएको धानबालीको क्षतिबारे अध्ययन गर्न सरकारले कार्यदल गठन गरेको छ। गृह मन्त्रालयका सचिवको संयोजकत्वमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, संघीय मामिला तथा सामान्य प्रशासनका सचिव र राष्ट्रिय योजना आयोगका सचिव सदस्य रहेको कार्यदल गठन गर्ने मन्त्रिपरिषदले निर्णय गरेको सरकार प्रवक्ता […]
