यस बर्ष (बैशाख देखी श्रावण महिना) को बीचमा मात्रै विपदका कारण झन्डै ३ अर्बको आर्थिक नोक्शानी हुन पुगेको छ। जसमा मनसूनी प्राकृतिक प्रकोपको हिस्सा उल्लेख्य मात्रामा रह्यो।  बाढी पहिरो ले मात्रै १२१ जानाको ज्यान लिएको छ।  स्रोत : राष्ट्रिय आपत् कालिन कार्य संचालन केन्द्र, गृह मन्त्रालय 

30 सेप्टेम्बर, 2019

आगामी तीन दिनसम्म मेघ गर्जन र चट्याङसहित पानी पर्ने मौसमविदले पूर्वानुमान गरेका छन् । शुक्रबार, शनिबार र आइतबारसम्म केही स्थानमा चट्याङ्ग पर्ने र पश्चिमको पहाडि भूभागको एक वा दुई स्थानमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउनुपर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाकाे भनाइ छ । स्राेतः अनलाइनखबर

02 अगस्ट, 2019

मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा नेपालको तराई भागभन्दा दक्षिणतिर अवस्थित रहेकाले हाल मनसुनी गतिविधि कम सक्रिय रहेको छ । न्यूनचापीय रेखा नेपालसम्म आइपुग्न तीन– चार दिन लाग्ने भएकाले तत्काल मनसुन सक्रिय नहुने अवस्था छ । यद्धपि देशकाे अधिकासं भागमा सामान्यदेखि पूर्ण बदली […]

30 जुलाई, 2019