साझेदारहरुको बारेमा
ज्युरिक बाढी उत्थानशील कार्यक्रममा साझेदारहरूको भूमिका
ज्युरिक फ्लड रेजिलियन्स एलायन्स ज्युरिक बिमा समूह, गैरसरकारी संस्थाहरू र शैक्षिक संस्थाहरू बीचको एउटा बहु–क्षेत्रीय सहकार्य हो । यो कार्यक्रमको उद्देश्य बाढीसम्बन्धी ज्ञान बढाउनु, विज्ञतालाई सुदृढ गर्नु र रणनीति तयार गर्नु हो, जसले गर्दा विकसित र विकासोन्मुख दुवै खालका मुलुकका बाढीको जोखिममा रहेका समुदायको उत्थानशीलतालाई बलियो बनाउने काम गर्न सकियोस् । थप जानकारीका लागि यहाँ हेर्नुहोस् https://zurich.com/en/corporate-responsibility/flood-resilience
ज्युरिक बिमा समूहले सन् २०१३ बाट सुरु गरेको यो विश्वव्यापी कार्यक्रमको पहिलो संस्करणका मुख्य साझेदारहरूमा रेडक्रस तथा रेड क्रिसेन्ट समाजको अन्तर्राष्ट्रिय महासंघ (IFRC), ऑस्ट्रियाको अन्तर्राष्ट्रिय ईन्स्टिच्युट फर एप्लाइड सिस्टम्स एण्ड एनालाइसिस (IIASA), संयुक्त राज्य अमेरिकाको वार्टन बिजनेस स्कूल (Wharton Risk Centre) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्राक्टिकल एक्सन (Practical Action) थिए ।
सन् २०१७ को अन्त्यतिर ज्युरिक फाउण्डेसन र ज्युरिक बिमा समूहले यो कार्यक्रमको दोस्रो संस्करणको लागि पनि आवश्यक वित्तीय सहयोग गर्ने प्रतिबद्धता जनाएसँगै, यो विश्वव्यापी कार्यक्रममा थप नयाँ साझेदारहरू जोडिन पुगे ।
सन् २०१८ देखि २०२३ सम्म चल्ने यो कार्यक्रमको दोस्रो संस्करणका नयाँ साझेदारहरूमा कन्सर्न वल्र्डवाइड (Concern Worldwide), रेडक्रस तथा रेडक्रिसेन्ट समाजको अन्तर्राष्ट्रिय महासंघ (IFRC), ऑस्ट्रियाको अन्तर्राष्ट्रिय ईन्स्टिच्युट फर एप्लाइड सिस्टम्स एण्ड एनालाइसिस (IIASA), द ईन्स्टिच्युट फर सोसियल एण्ड इन्भिरोनमेन्टल ट्रान्जिसन इन्टरन्यासनल (ISET-International), द लन्डन स्कुल अफ इकोनोमिक्स (London School of Economics), प्लान इन्टरनेशनल (Plan International), मर्सी कोर्स (Mercy Corps), प्राक्टिकल एक्सन (Practical Action) र ज्युरिक बिमा समूह छन् ।