प्रतिकृया (0)

जलवायुमैत्री कृषि प्रविध ि तथा असल अभ्यासहरूको सँगालाे

जलवायु परिवर्तन अहिलेको जल्दोबल्दो विषय बनेको छ । यसले विश्वव्यापी रुपमा समस्याहरु उत्पन्न गरेको छ जसले गर्दा विकासोन्मुख देशको कृषि क्षेत्रमा नराम्रो असर परेको छ । जलवायु परिवर्तनले गर्दा देखापर्ने अनेक वातावरणीय परिवर्तनहरु जस्तै, गर्मीयाममा लामो समयसम्म सुक्खा र खडेरी, वर्षायाममा अतिवृष्टिका कारण बाढी, डुबान तथा पहिरो र भूमण्डलीय उष्णीकरण (global warming) छ । यसले गर्दा हाम्रा रैथाने बालीनालीका जातहरु तथा पशुपक्षीहरुले पहिलेको जति उत्पादन दिन सकेका छैनन् तसर्थ जलवायु परिवर्तनसँगै कृषिमा अनुकूलता ल्याउनुपर्ने मुख्य चुनौती रहेको छ । पर्याप्त स्रोतसाधनहरुका अभावमा विकासोन्मुख देशका किसानहरुमा जलवायु परिवर्तनबाट कृषिमा देखा पर्ने समस्यासँग लड्न सक्ने क्षमता विकसित राष्ट्रका तुलनामा न्यून हुन्छ । त्यसैले हाम्रो जस्तो मुलुकमा कृषिका लागि अबको दिशा भनेको एकै साथ जलवायु परिवर्तन न्यूनीकरण गर्नु, जलवायु परिवर्तनका असरबाट कृषिमा हुने क्षतिलाई कम गर्नाका साथै बढ्दो जनसङ्ख्यालाई मध्यनजर गर्दै कृषिउत्पादनमा वृद्धि गर्नुपर्ने देखिन्छ । जलवायु परिवर्तनका नकारात्मक असरलाई कम गरी अनुकूलनका उपायहरु अपनाउनका लागि जलवायुमैत्री कृषि प्रविधि तथा असल अभ्यासहरुको प्रवद्र्धन एक विकल्प हो ।
लेखक: Bhusal, Astha;GC, Sagar;Mishra, Sujan;Bhatta, Laxmi Prasad;Mandal, Indeshwor;Basnet, Sambhu;Khatri, Laxman
भाषा: Nepali
प्रकाशक: LIBIRD, and Gandaki province- Ministry of Land Management, Agriculture and Cooperatives
प्रकाशित मिती: 2020

प्रतिकृया दिनुहोस

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।


प्रतिकृया

प्रश्न सोध्नुहोस्