प्रतिकृया (0)

धरानमा जलवायु परिवर्तनबाट पानीको स्रोत जोगाउने उपायको खोजी

बृहद हिमालय क्षेत्रमा पानीको संकटको सामना गरिरहेको सहरहरू मध्ये धरान पनि एक हो । चाल्नो जस्तो छिद्रले भरिपूर्ण भूसतहले गर्दा धरानमा परेको पानी जमिनमा छिटै सोसिएर र बगेर जाने हुनाले सतहमा रहन पाउँदैन । पानी सोस्ने भूबनौट, अधिक वर्षा र तराइ पहाडको संगम स्थल गरि धरानका तीनवटा विशेषता छन् । यस क्षेत्रमा हुने तीव्र वर्षाको व्यवस्थापनले धरानलाई बहुपक्षीय फाइदा पुग्ने देखिन्छ । जसमा बढ्दो पानी संकट टार्न उपयोगी भूमिगत जलभण्डार पुनर्भरण, आकस्मिक भलबाढीको नियन्त्रण र भूक्षय न्युनीकरण पर्दछन् । तीव्र सहरीकरणको विस्तारले धरानलाई दक्षिणका इटहरी र विराटनगरसंग एकाकार गर्ने सम्भावना भएकाले पनि प्रदेश १ भरी नै यसलाई गम्भीर चासोका साथ हेरिएको छ । बहुविधागत विज्ञको टोलीले सन् २०१६ देखि २०१९ मा गरेको कार्यगत अनुसन्धानले परीक्षण पश्चात् बढ्दो पानी संकटलाई टार्न उपाय स्वरुप धरान उपमहानगरपालिका स्तरमा अन्य कामका अतिरिक्त आकाशे पानी संकलन गरी भूमिगत जल पुनर्भरण गर्न “एक घर एक खाल्डो”े प्रवद्र्धन गर्न सघाएको छ ।जमीनमुनिको जलचक्र र जल भण्डारको वास्तविक स्थिति अझै बुझिएको छैन, त्यसैले भूमिगत जलभण्डारको नियमित अनुगमन र थप अनुसन्धानको आवश्यकता छ । वैज्ञानिक अध्ययनमा आधारित भएर सवं ाद र स्थानीयस्तरमा सहकार्य गर्न पानी चौतारी जस्ता संयन्त्रहरूलाई स्थापना गर्नु जरुरी छ । यसबाट वैज्ञानिक ज्ञान र दृष्टिकोणलाई स्थानीय योजना र निर्णय पद्दतिमा समाहित गर्दै जाने परिपाटीलाई टेवा पुग्नेछ ।
लेखक: Neupane, Kaustuv Raj;Dahal, Ngamindra;Bajracharya, Roshan Man;Shrestha, Suchita;Pandey, Chandra Lal;Devkota, Kamal;Ojha, Hemanta
भाषा: Nepali
प्रकाशक: Southasia Institute of Advanced Studies (SiAS)
प्रकाशित मिती: March 2019

प्रतिकृया दिनुहोस

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ


प्रतिकृया

प्रश्न सोध्नुहोस्