प्रतिकृया (0)

बाढी व्यवस्थापनका लागि प्रकृतिमा आधारित समाधानका विकल्प र लगानीका अवसरहरू

कर्णाली नदीको तल्लो भेगमा अवस्थित जिल्लाहरू (कैलाली र बर्दिया) बाढीका कारण चरम समस्यामा परेका छन् । पर्यावरण विनाशले बाढीको प्रभावलाई बढाउँछ । भू–उपयोग, भूमिको ओगटाइ (Land Cover), अनियोजित सहरीकरण, बगर अतिक्रमण (Floodplain encroachment), सुकुम्बासी बस्ती र जलवायु परिवर्तनका अनिश्चित धक्काहरू जस्ता धेरैवटा कारकहरूले बाढीको प्रभावलाई बढाएका छन् । यस्ता प्रभावहरूको न्यूनीकरणको उपाय भने वर्षौं अघिदेखि आजसम्म पनि मानव निर्मित संरचनामाहरूमा नै केन्द्रित छ । परिवर्तनशील जलवायुको सन्दर्भमा बाढीको बढ्दो जोखिमलाई सम्बोधन गर्न अझ दिगो उपायहरू अवलम्बन गर्नु आवश्यक छ । बिग्रँदो पारिस्थितिकीय प्रणालीका सेवाहरूको पुनस्र्थापना गर्ने हो भने त्यसले बाढीको प्रभावलाई रोक्न सक्दछ । ह्रास भइरहेको पारिस्थितिकीय प्रणालीका सेवाहरूको पुनस्र्थापनाका लागि प्रकृतिमा आधारित समाधान (एन.बी.एस.)हरूको प्रयोग गर्न सकिए बाढी व्यवस्थापन कार्यमा अझ दिगो रूपमा फाइदा पुग्न सक्दछ ।
लेखक: Rana, Bikram;Shrestha, Krity;Uprety, Dharam R.
भाषा: Nepali
प्रकाशक: Practical Action
प्रकाशित मिती: December 2022

प्रतिकृया दिनुहोस

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ


प्रतिकृया

प्रश्न सोध्नुहोस्