प्रतिकृया (0)

बालबालिका केन्द्रित जोखिम मापन तथा योजना तर्जुमा सहजकर्ता निर्देशिका

विपद्द्वारा प्रभावितहुनेहरूमा बालबालिकाको अनुपात उल्लेखनीय भएतापनि बालबालिकाले यस्तो अवस्थामा आफै केहिपनि गर्न सक्दैनन् र उनीहरू व्यस्कहरूको सहायतामा निर्भर रहने मान्यता भएकाले विपद् व्यवस्थापनको प्रक्रियामा उनीहरूको सहभागितामा खासै ध्यान दिईएको पाईदैन । अन्ततः विपद्का लागि गरिने पूर्वतयारी, जलवायु परिवर्तन र प्राकृतिक प्रकोपलाई सम्बोधन तथा न्यूनीकरण गर्ने उपायहरू निकाल्नमा बालबालिकाको सहभागिता बिरलै हुन्छ । बालबालिका केन्द्रित विपद् जोखिम न्यूनीकरण, विपद् जोखिम न्यूनीकरणकै एउटा यस्तो नवीन प्रयास हो जसले युवा तथा बालबालिकाको एकल वा सामुहिक सहयोगमा आफ्नो जीवन सुरक्षित गर्न र समुदायलाई विपद्बाट जोगाउन अग्रसर गराउँछ ।माथि उल्लिखित परिवेशलाई नियाल्दै, युनिसेफ नेपालले जिल्ला र स्थानीय स्तरमा बालबालिका केन्द्रित जोखिम न्यूनीकरण प्रक्रियालाई सहजीकरण गर्ने उद्देश्यले कर्मचारीवर्ग र स्थानीय सहकर्मीहरूलाई व्यवहारिक मार्गनिर्देश गर्नका लागि यो निर्देशिका तयार गरेको छ । यो निर्देशिका बालबालिका केन्द्रित जोखिमवारे सू–सूचित गर्ने हातेपुस्तकको एउटा अंश हो ।
लेखक:
भाषा: Nepali
प्रकाशक: संयुक्त राष्ट्र संघीय बालकोष, नेपाल
प्रकाशित मिती: 2017

प्रतिकृया दिनुहोस

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ


प्रतिकृया

प्रश्न सोध्नुहोस्