प्रतिकृया (0)

मनसुन पूर्वतयारी र प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०७८ भाग १

मनसुनजन्य प्रकोपहरुबाट सिर्जित विपदका घटनाका कारण नेपालमा वर्षेनि ठूलो जनधनको क्षति हुने गरेको छ। विपद जोखिम् न्यूनीकरण तथा व्यवस्थापनका लागि राष्ट्रिय रणनीतिक कार्ययोजना २०१८-२०३० ले समग्र व्यवस्थापनलाई समेटेको छ । मनसुन जस्ता विशिष्ट प्रकृतिका प्रकोपका घटनाहरुसँग जुध्न छुट्टै कार्ययोजना निर्माण गरी कार्यान्वयनमा लैजाने गरिएको छ। जिल्ला जिल्लामा हुने मनसुनी क्षतिलाई रोकथाम गर्ने, न्यूनीकरण गर्ने तथा योजनावद्ध ढंगले प्रतिकार्यको प्रयास गर्न थालिएको १८ बर्ष भएकाे छ । २०६० सालमा गृह मन्त्रालयबाट जारी मनसुनी बाढी पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण निर्देशन (२६ बुँदे) बाट शुरु भएको योजना सहित कार्य गर्ने पद्दतिलाई विपद जोखिम व्य ् वस्थापन राष्ट्रिय रणनीति २०६६ ले व्यवस्थित बनाउन दिशा निर्देश गरेको थियो । जस अनुसार विपद पू ् र्वतयारी तथा प्रतिकार्य मार्गदर्शन २०६७ जारी भई कार्यान्वयनमा रहेको छ। पछिल्लो शासकीय पद्दति तथा प्रतिबद्धता अनुरुप उक्त मार्गदर्शन २०७५ सालमा संशोधन गरी अध्यावधिक गरिएको छ। यो मार्गदर्शनले मनसुनी पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माणमा विशेषगरी प्रदेश, जिल्ला तथा स्थानीय स्तरलाई सहयोग गर्दछ । मनसुनी विपद जोखिम् न्यूनीकरण र व्यवस्थापनका कार्यमा राष्ट्रिय स्तरदेखि स्थानीय स्तरसम्म काम गर्ने सब मन्तै ्रालयहरु, सुरक्षा निकायहरु, विषयगत क्षेत्रहरु, विकास साझेदार निकायहरु तथा मानवीय सहायताका क्षेत्रमा कार्यरत सं स्थाहरुलाई मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गर्न आवश्यक समन्वय गरी ती निकायहरुबाट तयार गरिएका कार्ययोजनाहरुलाई समेटेर यो मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ तयार गरिएको हो। यस कार्ययोजना तयारीका क्रममा प्रदेश तथा जिल्ला स्तरमा विपद व्य् वस्थापन गर्ने अधिकारीहरुसँग अन्तरक्रिया गरिएको छ । स्थानीय तहबाट प्रतिनिधिमूलक सहभागिता गराइएको छ। यस कार्ययोजनामा तीन खण्ड छन् । पहिलो खण्डमा जोखिम अवस्था विश्लेषण तथा प्रभाव आँकलन, दोश्रो खण्डमा पूर्वतयारीको बिवरण र तेश्रो खण्डमा प्रतिकार्य कार्ययोजना समेटिएको छ। यही मनसुनको अवधिभित्रै कोभिड-१९ को दोश्रो लहरको प्रभाव उच्च रहने अनुमान गरिएको सन्दर्भलाई पनि कार्ययोजनामा आँकलन गरिएको छ। त्यसैगरी समावेशी विपद जोखिम व्य ् वस्थापनका आयामहरुलाई आवश्यकतानुसार सम्बोधन गरिएको छ।
लेखक: Government of Nepal
भाषा: Nepali
प्रकाशक: National Disaster Risk Reduction and Management Authority (NDRRMA)
प्रकाशित मिती: July 2021

प्रतिकृया दिनुहोस

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ


प्रतिकृया

प्रश्न सोध्नुहोस्