प्रतिकृया (0)

वन तथा वातावरणको क्षेत्रमा जलवायु परिवर्तन व्यवस्थापनका लागि योजना तर्जुमा सम्बन्धी दिग्दर्शन, २०७७

वन नेपालमा आर्थिक वर्ष २०६९÷७० देखि जलवायु परिवर्तन सम्बन्धी बजेट संकेतको अभ्यास गरिंदै आएको छ । यसबाट बजेट विनियोजनमा जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलन कार्यका लागि बजेटको सुनिश्चितता गर्न र प्रगति मापन गर्न सहज भएको छ । तर विगत केही वर्षको सिकाईबाट विभिन्न तह र क्षेत्रका विकास योजनाहरूमा जलवायु परिवर्तनको विषयलाई एकीकृत गरी जलवायु परिवर्तन नीतिको उद्देश्य हासिल गर्न बजेट कोडको प्रयोग मात्र अपर्याप्त हुने हुँदा यो विषयलाई योजना तर्जुमाकै चरणमा सम्बोधन गर्नुपर्ने देखिन्छ । वातावरण संरक्षण नियमावली २०७७ को नियम २५ को उपनियम १ र ३ मा क्रमशः जलवायु परिवर्तनको अवस्था, यसबाट परेको असर तथा उत्पन्न जोखिमका बिषयमा वन तथा वातावरण मन्त्रालयले र तापक्रम, वर्षा र जलप्रवाह लगायतका जलवायुजन्य अवयवहरूको आधारमा जलवायु परिवर्तन परिदृष्य सम्बन्धी बिषयमा जल तथा मौसम विज्ञान विभागले प्रत्येक पाँच वर्षमा राष्ट्रिय प्रतिवेदनहरू प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको छ भने सोही नियमको उपनियम ४ मा उक्त प्रतिवेदनहरूको आधारमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले जलवायु परिवर्तन व्यवस्थापन सम्बन्धी योजना तर्जुमा र प्राथमिकीकरण गर्न सक्ने उल्लेख छ । यसै पृष्ठभूमिमा वन तथा वातावरण क्षेत्रका कार्यक्रम तथा योजना तर्जुमा गर्ने क्रममा जलवायु परिवर्तन सम्बन्धी विषयलाई मूलप्रवाहीकरण गर्न सहजीकरण गर्ने उद्देश्यले यो “वन तथा वातावरणको क्षेत्रमा जलवायु परिवर्तन व्यवस्थापनका लागि योजना तर्जुमा सम्बन्धी दिग्दर्शन, २०७७” जारी गरिएको छ ।
लेखक:
भाषा: Nepali
प्रकाशक: Ministry of Forestry and Environment, Government of Nepal
प्रकाशित मिती: 2020

प्रतिकृया दिनुहोस

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।


प्रतिकृया

प्रश्न सोध्नुहोस्