प्रतिकृया (0)

स्थानिय विपद तथा जलवायु उत्थानशील योजना (मधुवन नगरपालिका)

संघिय सरकारले विपद्जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कार्यहरुलाई योजनाबद्ध र व्यवस्थित गर्न नीतिगत,कानूनी तथा संस्थागत व्यवस्था गरेको छ। नेपालको संविधान, २०७२ पछि आएका स्थानीय सरकार सञ्चालन ऐन,२०७४ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ र नियमावली, २०७५, स्थानीय विपद् तथा जलवायु उत्थानशिल योजना तर्जुमा निर्देशिका २०७४ (मस्यौदा) पछिल्ला महत्वपूर्ण व्यवस्थाका हुन्। यिनै व्यवस्था र आधारमा रहेर स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै विपद्जोखिम न्यूनीकरण तथा व्यवस्थापन साथै जलवायु उत्थानशिल कार्यहरु योजनावद्ध र व्यवस्थित गर्न मधुवन नगरपालिकाको स्थानीय विपद्तथा जलवायु उत्थानशिल योजना तर्जुमा गरिएको हो । यस योजनाबाट मधुवन नगरपालिकामा हुने प्रकोप साथै सोबाट जोखिममा रहेका वस्ती र समुदायको समेत पहिचान गरी विपद् जोखिम न्यूनिकरण र जीविकोपार्जन सहयोगमा सबैको समान सहभागिता सुनिश्चित गर्दै विपद्जोखिम न्यूनीकरण तथा व्यवस्थापन तथा जलवायु उत्थानशील कार्यहरु संचालन गर्न सहयोग हुनेछ। विपद्जोखिम न्यूनीकरणका, सबै चरणलाई व्यवस्थित र प्रभावकारी रुपले एकसाथ लाने तथा नगरपालिकाको उत्थानशीलता वृद्धि हुने अपेक्षा यस योजनाबाट राख्न सकिन्छ।
लेखक:
भाषा: Nepali
प्रकाशक: Madhuwan Municipality
प्रकाशित मिती: 2022

प्रतिकृया दिनुहोस

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ


प्रतिकृया

प्रश्न सोध्नुहोस्