प्रतिकृया (0)

स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना – राजापुर नगरपालिका

संघिय सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कार्यहरुलाई योजनाबद्ध र व्यवस्थित गर्न नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गरेको छ । नेपालको संविधान, २०७२ पछि आएका स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४, स्थानीय विपद् तथा जलवायु उत्थानशिल योजना तर्जुमा निर्देशिका २०७४ (मस्यौदा) पछिल्ला महत्वपूर्ण व्यवस्थाका हुन् । यिनै व्यवस्था र आधारमा रहेर स्थानीय आवश्यकतालाई मध्यनजर गर्दैे विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन साथै जलवायु उत्थानशिल कार्यहरु योजनावद्ध र व्यवस्थित गर्न राजापुर नगरपालिकाको स्थानीय विपद् तथा जलवायु उत्थानशिल योजना तर्जुमा गरिएको हो । यस योजनाबाट राजापुर नगरपालिकामा हुने प्रकोप साथै सोवाट जोखिममा रहेका वस्ती र समुदायको समेत पहिचान गरी विपद् जोखिम न्यूनिकरण तथा जलवायु उत्थानशिल कार्यहरु संचालन गर्न सहयोग हुनेछ । विपद् जोखिम न्यूनीकरण, जीविकोपार्जन सहयोगमा सबैको समान सहभागिता सुनिश्चित गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका सबै चरणलाई व्यवस्थित र प्रभावकारी रुपले एकसाथ लैजाने तथा नगरपालिकाको उत्थानशीलता वृद्धि हुने अपेक्षा यस योजनाबाट राख्न सकिन्छ ।
लेखक:
भाषा: Nepali
प्रकाशक: राजापुर नगरपालिका
प्रकाशित मिती: 2022

प्रतिकृया दिनुहोस

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ


प्रतिकृया

प्रश्न सोध्नुहोस्