ज्युरिक बाढी उत्थानशिल कार्यक्रम ज्युरिक इन्स्युरेन्स, वार्टन रिक्स म्यानेजमेन्ट,  Zurich Insurance, Wharton Risk Management and Decision Processes Center, International Institute for Applied System Analysis, International Federation of Red Cross and Red Crescent Societies and Practical Action को बाढी जोखिम न्युनिकरणका लागी नौलो र लागत-प्रभावकारी तरिका पहिचान गर्ने नवीनतम पहल हो ।

  • Wharton Risk Management and Decision Processes Center

    सन् १८८१ मा स्थापना भएको Wharton School बौद्विक नेतृत्व र निरन्तर नविनताको लागि विश्वव्यापी परिचित छ। Wharton Risk Management and Decision Processes Center ले बिगत तिन बर्षदेखि जोखम व्यवस्थापनको लागि अनुसन्धान कार्यमा लागि परिरहेको छ । ज्युरिक बाढी उत्थानशिल कार्यक्रमसँगको साझेदारीबाट Wharton Risk Center ले बाढी उत्थानशिलताको विषयमा भएका अनुसन्धानहरुको कमी पहिचान गर्दे नँया ज्ञान र प्रभावकारी समाधानहरु लागु गर्न मद्यत गर्दछ ।

    थप जानकारीका लागी: https://riskcenter.wharton.upenn.edu/

  • IIASA (International Institute for Applied Systems Analysis)

    International Institute for Applied Systems AnalysisIIASA सन् १९७२मा स्थापना गरिएको वैज्ञानिक अनुसन्धान संस्था हो । यस संस्थाको मुल लक्ष्य विश्वव्यापी समस्याको समाधान पत्ता लगाई नीति निर्माणकर्ताहरुलाई वैज्ञानिक निर्देशनहरु प्रदान गर्नु हो । IIASA सँगको सहकार्यले Zurich flood alliance लाई बाढी उत्थानशिलताको लागि समाधान र नितिगत सल्लाह प्रदान गर्दछ ।

    थप जानकारीला लागी: http://www.iiasa.ac.at/

  • International Federation of Red Cross and Red Crescent Societies

    The International Federation of Red Cross and Red Crescent Societies (IFRC) सन् १९१९मा स्थापित विश्वको सबैभन्दा ठूलो स्वयंसेवक नेटवर्क हो । International Federation of Red Cross and Red Crescent Societies ले प्रकोप पिडितहरुलाई राहत कार्यहरु गर्नुको साथै राहतका कार्यलाई विकास कार्यमा आवद्व गर्दे राष्ट्रियता, जाति, धार्मिक विश्वास, वर्ग वा राजनीतिक रायका आधारमा भेदभाव विना सदस्यहरुको क्षमता विकासमा टेवा पु¥याउछ । मानवीय मान्यताहरुलाई वढावा , प्रकोप प्रतिकार्य, प्रकोप पुर्वतयारी, स्वास्थ्य र समुदाय हेरविचार प्रचार जस्ता क्रियाकलापहरुमा यो स‌स्था केन्द्रीत छ । प्रकोप पुर्वतयारीमा IFRC को लामो समयको दक्षता र ज्ञानको उपयोगले बाढी प्रभावित समुदायलाई सहयोग पुग्ने साथै बाढीको असरलाई कम गर्ने ध्येयले zurich flood alliance सँग आवद्व छ ।

    थप जानकारीका लागी: http://www.ifrc.org/

  • Zurich Insurance Group

    Zurich सन् १८७२ मा स्विजरल्यान्डमा स्थापना गरिएको विश्वकै एक अनुभवी र प्रमुख विमा प्रदायक संस्था हो ।ग्राहकहरुलाई जोखिम बुझ्न र सुरक्षित रहन Zurich समुहले जोखिम पहिचान गर्ने र समुदायको सुरक्षाको लागि विशेषज्ञता प्रयोग गर्छ । तसर्थ,ज्युरिच समुहले सन् २०१३ मा बाढी उत्थानशिल कार्यक्रम शुरुवात गरेको छ । यस कार्यक्रमको मुख्य उद्येश्य ज्ञानको वृद्वि गर्नु र बाढी जोखिम न्युनिकरणको लागि रणनीतिहरु तयार गर्नु हो ।यी लक्ष्यहरुलाई हासिल गर्न ज्युरिच विमा संस्थाले Wharton Risk Management and Decision Processes Center, International Institute for Applied System Analysis, International Federation of Red Cross and Red Crescent Societies and Practical Action हरु सँग साझेदारी गर्दे कार्यक्रम संचालन गरेको छ ।

    थप जानकारीका लागी: https://www.zurich.com/

  • Practical Action

    प्राक्टिकल एक्सन प्रविधिको प्रयोगलाई जोड दिई गरिबिका समस्याहरु समाधान गर्न सहयोग गर्ने अन्तर्राष्ट्रिय गैर-सरकारी संस्था हो। यस संस्थाले प्रविधिमा भएका नविनतम विकासहरुलाई समुदायसम्म पुर्याउछ। विपद् तथा जोखिम न्यूनिकरण तथा पूर्वतयारीका क्रियाकलापहरुमा लामो समयको अनुभव र दक्षताको प्रयोग गरी Zurich Alliance द्धारा बाढीको जोखिममा रहेका समुदायहरुलाई उत्थानशिल हुन सहयोग गर्ने आशा लिइएको छ। यस्ता क्रियाकलापहरु Vulnerability to Resilience framework (V2R) रुपरेखाबाट निर्देशित छन्। थप जानकारीका लागी: http://practicalaction.org/

  • 1