[कारोबार] पहिरोमा पूर्वसूचना प्रणाली अभाव

 

प्रकाशित मिति : भाद्र २६, २०७७ शुक्रबार

प्रगति ढकाल

 

तीन महिनामै साढे दुईको मृत्यु

१९ साउनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जनाको मृत्यु भयो ।

गत साउन ३० गते सिन्धुपाल्चोककै जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएका १७ घरका ३९ जनामध्ये हालसम्म ३२ को शव फेला परेको छ । यसमा १७ बालबालिका, १० महिला र पाँच पुरुष छन् ।

गत भदौ १८ गते राती ढोरपाटन नगरपालिका–८ र ९ बोबाङका ठाउँठाउँमा खसेको पहिरोका कारण ३१ घर बगायो । हालसम्म १४ को मृत्यु भएको छ भने, २४ बेपत्ता र ४ जाना घाईते भएको छन्।

थप हेर्नुहोस्...

[हाकाहाकी] पूर्वसूचना कति भरपर्दो ?

बाढी पूर्वानुमान

टीका बन्धन

 -

शुक्रबार, भदौ १९, २०७७

काठमाडौं : गत साउन पहिलो साता चितवनको नारायणी नदीमा बाढीले तीन दशकपछि खतराको तह पार गर्यो। नदी किनार आसपासका अधिकांश बस्ती जलमग्न भए।

निरन्तरको वर्षा र बाढीले भरतपुर महानगरको १६, २६, २७ र २८ वडाको जनजीवन प्रभावित बन्यो। भरतपुर महानगर–१६ काभ्रेघाटका झनझने र गुम्बाचोकका करिब तीन सय घर डुबानमा परे। तर, मानवीय क्षति भने भएन।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाका अनुसार साउन ६ गते बिहानको बाढीको तह ९ दशमलव ८५ मिटर मापन भएको छ। सो तह ३५ वर्षपछिको सबैभन्दा धेरै भएको शाखाको तथ्यांक छ। नारायणीमा बाढीको खतराको तह आठ मिटर र सतर्कता तह ७ दशमलव ३ मिटर हो। देवघाटमा पानीको बहाबले ७ दशमलव ३ मिटर नाघेपछि चितवन र नवलपरासीमा सतर्क रहन अग्रिम सूचना सम्प्रेषण गरिन्छ।

नारायणी मात्रै होइन, नेपालका मुख्य नदी तटीय क्षेत्रमा बाढीका कारण मानवीय क्षति घट्न थालेको छ। यसपटक मनसुन सुरु भएपछि बाढीकै कारण अहिले (भदौ १८)सम्म २६ जनाले ज्यान गुमाएका छन्। ४० भन्दा बढी बेपत्ता छन्। नदी र जलाधार क्षेत्रमा पूर्वसूचना प्रणाली अभ्यासमा आएसँगै बाढीबाट हुने मानवीय क्षति हरेक वर्ष घट्दै गएको गृह मन्त्रालयले जनाएको छ।

बुधबार राति बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको बाढीले ११ जनाको मृत्यु भएको छ। ३० भन्दा बढी बेपत्ता भएका छन्। मध्यरातको बाढीले ढोरपाटन नगरका ५, ६, ७, ८ र ९ वडाका ३१ घर बगाएको छ। यही भदौ २ मा अछामको कैलाश खेलामा आएको बाढीले सैनिबजारका २५ घर बगायो। बाढीले बेपत्ता बनाएका १७ मध्ये ८ जनाको शव फेला परेको छ। ९ जना अझै बेपत्ता छन्, बजार बगरमा परिणत भएको छ।

२०६९ वैशाखमा सेती नदीको बाढीले ठूलो जनधनको क्षति पुर्यायो। अन्नपूर्ण हिमशृंखलामा पहिरो खसेर सेती नदी थुनिएपछिको बेमौसमी बाढीले ३८ जनाको मृत्यु भयो, ३० जना बेपत्ता भए। खारापानी बजारका ८ घर बाढीले बगायो। खोला÷नदीमा पूर्वसूचना संयन्त्र नहुँदा जनधनको क्षति भएका यी प्रतिनिधि उदाहरण मात्रै हुन्।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), मौसम विभाग, विपद् उत्थानशील समुदाय निर्माण परियोजनाको संयुक्त पहलमा २०७० जेठमा सेतीमा बाढी तथा जलाधार क्षेत्रमा वर्षा मापन सुरु भयो। प्राविधिक र दक्ष जनशक्ति अभावले त्यहाँको पूर्वसूचना प्रणाली चुस्त नभएको स्थानीयवासी बताउँछन्। नेपालका नदी÷खोला र जलाधार क्षेत्रका विभिन्न भेगमा बाढीको सतह बताउने दुई सय जल मापन केन्द्र (गेज स्टेसन) छन्।

तीमध्ये १ सय ४ वटा स्टेसनको सूचना टेलिमेट्रिक प्रणालीमार्फत हरेक १५ मिनेटमा मौसम विभागको बाढी पूर्वानुमान शाखाले प्राप्त गर्छ। यस्तो सूचनालाई विश्लेषण गरेर शाखाका प्राविधिकले गृह मन्त्रालय, अन्य सरोकारवाला र सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सम्प्रेषण गर्छन्। गेज स्टेसन भएका नदी खोलानालामा ७२ घण्टाअघि नै बाढीको पूर्वानुमान हुने गरेको शाखा प्रमुख विक्रम श्रेष्ठले बताए। ‘माथिल्लो भेगमा बाढी आएको न्यूनतम २ देखि ६ घण्टाअघि नै खोला नदीको तल्लो तटीय क्षेत्रमा ‘मास एसएमएस’ र अन्य माध्यमबाट खबर गरिन्छ’, उनले भने।

बाढीबारेको पूर्वसूचना सञ्चारमाध्यम, मोबाइलमार्फत ‘मास एसएमएस’, मोबाइल एप्लिकेसनको ‘नेपाल फ्लड अलर्ट’, साइरन, बाढी शाखाको निःशुल्क टोली फ्री नम्बर (११५५) मार्फत थाहा पाउन सकिन्छ। टोली फ्री सेवा मनसुन अवधिभर चौबीसै घण्टा सुचारु रहन्छ। नदीले सतर्कता तह पार गरेपछि समुदायमा आधारित विपद् व्यवस्थापन समितिले हाते साइरन बजाउने लगायतका अभ्यास गर्दै आएका छन्।

थप हेर्नुहोस्...

[कान्तिपूर ]मुसलधारे वर्षाले विपद्

केही वर्षयता पहाडी र हिमाली क्षेत्र सम्मै थोरै ठाउँमा केन्द्रित भएर वर्षा हुने क्रम बढेको र त्यसलेबाढी पहिरोजन्य विपद् निम्त्याएको विज्ञहरुको विश्लेषण

भाद्र ८, २०७७

अब्दुल्लाह मियाँ

काठमाडौँ — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल अछामको सन्नीबजारको विपद् (पहिरो–बाढी) देखेर छक्क परे ।

‘कैलाश खोलामाथिको लगभग ९० प्रतिशत डाँडै सर्लक्कै बगेर तल आएको रहेछ,’ मनसुनले निम्त्याएका ठूला पहिरोको स्थलगत अध्ययन गरेका पोखरेलले कान्तिपुरलाई सुनाए, ‘पानी मात्र होइन, माटो, ढुंगा, रूखबिरुवा सबै एकै पटक बगेछन् । त्यसलाई स्लोभ फेलियर भनिन्छ ।’

 

केही दिनअघि बझाङको केदारस्युँ गाउँपालिका-८ मल्लेसीमा गएको पहिरो ।

स्थानीय बासिन्दाले त्यो स्तरको विपद् सय वर्षयताकै पहिलो भएको पोखरेललाई सुनाए । हुन पनि एकाएक आएको पहिरोसहितको बाढीले २५ घर रहेको सैनीबजारका २२ घर सिनित्तै पारेको छ । करिब ४० फिट गहिरो कैलाश खोला अहिले माथितिरबाट बगेर आएको बुल्डोर (ठूला ढुंगासहितको थिग्रेनी) को बाढीले आधाभन्दा बढी भाग पुरेको छ । गएको साता उक्त विपद् निम्तिएका बेला आसपासका साँफेबगर र मंगलसेन क्षेत्रमा केन्द्रित भएर छोटो अवधिमा मुसलधारे वर्षा (क्लाउड ब्रस्ट) भएको थियो । लगातारको वर्षाले जमिन गलाएपछि पहिरोको रूप लिएको हो । ‘लगातारको वर्षाले जमिन पूरै गलेको थियो, सोस्ने ठाउँ नै थिएन,’ पोखरेलले भने, ‘यसअघि छोटो अवधिमा त्यति ठूलो पानी परेको स्थानीयलाई थाहा छैन ।’

पर्वतको सरुनचौर दुर्लुङमा मनसुन प्रवेश भएकै भोलिपल्ट जेठ ३१ मा एकै स्थानमा केन्द्रित भएर मुसलधारे वर्षा भएकाले भेलपहिरो (डेब्रिज फ्लो) निम्तिएको थियो । डेब्रिज फ्लोले ठूल्ठूला रूखलाई जरैदेखि उखेलेर सोत्तर बनाउँदै बगाउने भएकाले क्षति गर्ने सम्भावना बढ्ता हुन्छ । भूगर्भविद्हरू गण्डकी र वाग्मती प्रदेशका हिमाली र पहाडी जिल्लाका पहिरोलाई भने २०७२ सालको भूकम्पसँग जोडेर हेर्छन् । ‘भूकम्पले थिलथिलो पारेको क्षेत्रमा पानी पर्नेबित्तिकै पहिले नै धाँजा फाटेको जमिन कमजोर बनेपछि स्वतः बगिहाल्छ,’ पोखरेलले भने ।

यो वर्ष गएको हिउँद (मंसिर–फागुन), मनसुनपूर्व (फागुन–जेठ) र मनसुन सुरु भएदेखि नै सरदरभन्दा बढी वर्षा भएको छ । त्यसैले पनि धेरैतिर जमिन गलेको छ । ‘भूकम्पले हल्लाएको जमिन स्थिर हुन धेरै वर्ष लाग्ने भएकाले त्यस्ता ठाउँमा वर्षा हुनेबित्तिकै जमिन बग्न थाल्छ,’ पुल्चोक इन्जिनियरिङ क्याम्पसका अध्यापकसमेत रहेका भूगर्भविद् वसन्तराज अधिकारीले भने, ‘सिन्धुपाल्चोकलगायतका क्षेत्रमा अहिले देखिएको समस्या त्यही हो ।’

भूगर्भविद् प्राध्यापक मेघराज धिताल भने भुइँचालोपछि मात्र पहिरोका प्रकोप बढेका हुन् भन्ने विश्लेषणसित सहमत छैनन् । धितालका अनुसार अहिले पहिरोको विपद् देखिएका स्थानहरूमा विगतमा कुनै न कुनै विपद्का घटना भएकै थिए । ‘उदाहरणका रूपमा सन् १९८७ जुन ३० मा परेको ठूलो वर्षाले सुनकोसीमा ठूलो बाढी आएको थियो, त्यसले बाह्रबिसेमा ठूलो क्षति निम्त्याएको थियो, बाढीले सडक नै बगाएपछि अरनिको राजमार्ग माथि सार्नुपरेको थियो,’ उनले भने । उनका अनुसार उक्त बाढीले कोदारीदेखि तल सुनकोसी जलाधार क्षेत्रमा ठूलो क्षति निम्त्याएको थियो । ‘जुरेको पहिरो, यो वर्ष सिन्धुपाल्चोकका सुनकोसी जलाधार क्षेत्र आसपास आएका सबै पहिरोलाई विगतका घटनासँग पनि जोड्नुपर्छ,’ धितालले भने, ‘एकै पटक पहिरो आएको होइन, कमजोर भूभाग भएकाले पानीको असरले पक्कै बढ्न मद्दत पुगेको हो ।’

 

विगतमा क्लाउड ब्रस्टका कारण कुलेखानी, ताप्लेजुङसहित विभिन्न स्थानमा ठूला पहिरो गएको उनले बताए । ७ वर्षअघि भारतको केदारनाथमा क्लाउड ब्रस्टकै कारण बाढी आएको थियो । ‘पानी पर्दैमा पहिरो जाने भन्ने होइन । कुनै सानो क्षेत्रमा केन्द्रित भएर लगातार वर्षा भइरह्यो भने पहिरोको सम्भावना अत्यधिक हुन्छ,’ धितालले भने, ‘माटोमा छिद्र हुन्छ, वर्षातको पानी त्यहींबाट तलसम्म पुग्छ, जोडले पानी परेपछि जमिन तल धकेलिन्छ, त्यो पहिरो हो ।’

इन्जिनियरिङ भूगर्भविद् सुबोध ढकाल यो वर्षको मनसुनमा डेब्रिस फ्लो, डेब्रिस स्लाइड, मड फ्लो र अर्थ स्लाइडजस्ता पहिरो बढी देखिएको बताउँछन् । ‘पहाडको कुनै कमजोर ठाउँबाट पहिरो सुरु भएपछि त्यसको असरले तल्लो भाग पनि सँगै बग्दा ठूलो रूप लिएको देखिन्छ,’ उनले भने, ‘योपटक केही न केही संकेत देखिएकै ठाउँमा पहिरो गएको छ ।’ पहिरोको संकेत देखिएकै र जोखिमयुक्त पहिचान भएकै स्थानमा पहिरोका धेरै घटना भएकाले पूर्वसंकेतको अध्ययन गर्नु अति जरुरी भएको ढकाल बताउँछन् । ‘पुरानो पहिरो भएको ठाउँमा पुनः पहिरो जाने क्रम पनि अहिले बढी देखियो,’ उनले भने, ‘पहिरो बढ्नुको अर्को कारण मनसुन बढी सक्रिय हुनु पनि हो ।‘

स्थानीय तहहरूले जथाभावी खनेका सडक सञ्जालले पनि पहिरो बढ्न मद्दत पुगेको ढकालको बुझाइ छ । जलाधार विज्ञ उपाध्याका अनुसार प्राकृतिक रूपमै जमिन खासगरी पहाडमा परिवर्तन भइरहन्छ र चट्टानहरू निरन्तर ढुट्टिइरहन्छन् । जमिनमा पानी सोसिने र भित्रभित्रै बग्ने प्रक्रिया सधैं एकै हुँदैन । ‘बाढीपहिरोका कारण जमिनको स्वरूप निरन्तर फेरिन्छ, जसले गर्दा त्यसपछिका वर्षामा आउने भलको बाटो बदलिरहन्छ,’ उपाध्याले भने, ‘अघिल्लो वर्षको भलले ओसार्न नसकेको गेग्रान त्यसपछिको वर्षाको भलले ओसार्छ, कमजोर ठाउँमा पहिले नआएको भल आउन सक्छ ।’ उनले बाढीपहिरो नियन्त्रण गर्न क्षति कम हुने किसिमको भूउपयोगका लागि हस्तक्षेप हुनुपर्नेमा जोड दिए । ‘अर्को भनेको यससँग जुध्न स्थानीय समुदायको क्षमता बढाउनुपर्छ,’ उनले भने ।

 

 

पूर्वसूचना प्रणाली जरुरी

जल तथा मौसम विज्ञान विभागले नदीमा पानीको बहाव र बाढीको अनुमान गरे पनि पहिरोबारे राष्ट्रियस्तरमा पूर्वसूचना प्रणाली विकास भएको छैन । दोलखाको दुर्गम सुन्द्रावतीको थामी बस्तीमा नमुना परियोजना (पाइलट प्रोजेक्ट) सञ्चालनमा छ । वन तथा भूसंरक्षण मन्त्रालयअन्तर्गतको तत्कालीन जलाधार तथा भूसंरक्षण विभाग र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) को साझेदारीमा उक्त कार्यक्रम २०७५ सालमा सुरु भएको हो । पहिरोको पूर्वसूचना दिने त्यो नै मुलुकमा रहेको पहिलो प्रविधि हो । त्यस क्षेत्रमा पहिरोको जोखिम रहेका चार स्थानमा सेन्सर उपकरण जोडिएको छ । सेन्सरले जमिन चल्ने अवस्थाबारे मुख्य उपकरणलाई ‘अलर्ट’ गराउँछ । त्यसपछि कति जमिन चलमलायो भन्ने आधारमा साइरन बज्छ । पहिलो साइरनले जमिन कति चल्यो भनेर ‘अलर्ट’ रहन सूचना दिन्छ । दोस्रोपटक बजेपछि सुरक्षित स्थानमा जानुपर्ने हुन्छ ।

उपकरणमार्फत जमिनको चाल, वर्षा मापन र पहिरोको गतिबारे वडापालिका, स्थानीय जिम्मेवार व्यक्ति, प्रहरी–प्रशासनलगायतलाई एसएमएस पठाइन्छ । यो प्रणालीले थामी बस्तीका १ सय १४ घरका करिब ५ सय व्यक्तिलाई पहिरोको जोखिमबाट बचाउन सहयोग पुगेको छ । भूगर्भविद् वसन्तराज अधिकारीले यो प्रणालीमा धेरै रकम खर्च नहुने र सरल भएकाले समुदायस्तरमा देशभर फैलाउन सकिए सम्भावित जोखिम न्यून गर्न मद्दत पुग्ने बताए । ‘पहिरोको जोखिम भएका मुलुकका सबै राजमार्ग र जोखिमयुक्त बस्तीमा यो प्रणाली विस्तार गर्न सकियो भने क्षति न्यूनीकरण गर्न मद्दत पुग्छ,’ उनले भने ।

बढ्दै जलवायुजन्य जोखिम

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी सञ्जाल (आईपीसीसी) का अनुसार जलवायु परिवर्तनका कारण बाढीपहिरो, चरम मौसम (एक्स्ट्रिम वेदर), खाद्य संकट, डढेलो, आँधीबेहरी, हिमपहिरो, हिमताल विस्फोट, तातो वायुजस्ता घटना बढेका छन् । राष्ट्रिय योजना आयोगको अध्ययन प्रतिवेदनअनुसार दुई वर्षअघि तराई क्षेत्रमा मनसुन अवधिमा आएको बाढीले करिब ६२ अर्ब रुपैयाँ बराबरको क्षति गर्यो । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को ‘गभर्नेन्स अफ क्लाइमेट चेन्ज फाइनाइन्स प्रोग्राम’ को अध्ययनले पनि हरेक वर्ष जलवायुजन्य क्षति २८ अर्ब रुपैयाँभन्दा बढी हुने गरेको देखाएको छ । गृह मन्त्रालयका अनुसार मनसुनबाहेकका सिजनमा निम्तिने प्रकोपले हुने क्षति आकलन गरिएकै छैन ।

जलवायु परिवर्तनबाट भएका आर्थिक प्रभाव मूल्यांकन गरिएको एक अर्को अध्ययनले कृषि, जलविद्युत् र जल उत्पन्न प्रकोप क्षेत्रमा वार्षिक कुल गार्हस्थ्य उत्पादनको १.५ देखि २ प्रतिशतसम्म असर पुगेको देखाएको छ । जानकारहरूले सन् २०५० देखि जलवायु परिवर्तनले हुने प्रतिकूल अवस्थाले कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशतका दरले नोक्सान हुने आकलन गरेका छन् । आईपीसीसीले तयार पारेको प्रतिवेदनअनुसार पृथ्वीको तापक्रमलाई १.५ डिग्रीभन्दा बढी बढ्न नदिन विभिन्न प्रजातिलाई व्यापक रूपमा विनाश हुनबाट जोगाउन तथा सुक्खा र बाढीको समस्या रोक्न जरुरी छ ।

विकसित मुलुकहरूलाई दबाब

जलवायुजन्य जोखिम न्यूनीकरण र नोक्सानीलाई सम्बोधन गर्न आवश्यक आर्थिक लगानी जुटाउनेबारे नेपालसहितका पर्वतीय र टापु मुलुकहरूले गत वर्ष मंसिरमा स्पेनको म्याड्रिडमा भएको कोप २५ (जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष मुलुकको सम्मेलन) मा पनि दबाब दिएका थिए । उक्त विषयमा यूएनएफसीसीसीका १ सय ९७ वटा पक्ष मुलुकको बैठकले सहमति जुटाउन भने सकेको थिएन ।

जलवायुजन्य जोखिम झेलिरहेका अतिकम विकसित र टापु देशले हानि–नोक्सानीका क्षेत्रमा लगानी गर्न अलग्गै संयन्त्र बनाउन र त्यसमा वित्तको सुनिश्चित गर्नसमेत दबाब दिएका थिए । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले अहिलेकै हिसाबले विश्वमा कार्बन उत्सर्जन भइरहने हो भने सन् २१०० सम्ममा विश्वको तापक्रम ४.२ देखि ६.५ डिग्रीसम्म पुग्ने चेतावनी गत महिना दिएको छ ।

त्यसको बढी असर हाम्रा सुन्दर हिमाल, जनजीवन र अर्थतन्त्रमा पर्नेछ । पृथ्वीको औसत तापक्रम १.५ डिग्री सेल्सियस मात्र बढे पनि यो शताब्दीको अन्त्यमा हिमालबाट एक तिहाइ हिउँ पग्लने अनुमानसहितको प्रतिवेदन दिइसकेको छ ।

 

प्रकाशित : भाद्र ८, २०७७ ०८:४५

 

 

 

[लोक सम्वाद पत्रिका] प्रकोपमा पूर्वसूचनाको उपयोग र अनपेक्षित धनजनको क्षति न्यूनीकरणका कार्यभार

 

 

दीनानाथ भण्डारी

 श्रावण २७, २०७७

विज्ञान र प्रविधिले ल्याएको परिवर्तन

हाम्रो गाउँमा वसन्त ऋतुमा माल चरा (कर्याङकुरुङ) उत्तर लागेपछि मलखादको डिलमा, आँगनको डिलमुनि घिरौँला, चिचिन्डा, काँक्रा आदिका बिउ रोप्ने चलन थियो । यस्ता प्रचलन हाम्रो गाउँमा मात्रै होइन अन्यत्र पनि हुन्थे र अहिले पनि कतैकतै जीवितै रहेको पाइन्छन् । माल चराको बाटो नपर्ने ठाउँमा अरु कुनै प्राणीले ऋतुसम्बन्धी सङ्केत दिँदा हुन् । 

मानिसहरूले मौसमसम्बन्धी ज्ञान पुस्तौंपुस्ताको प्रयोग र अनुभवबाट हासिल गरेका थिए । ऋतु परिवर्तनमा कुन प्राणीले के गर्छन् भनेर बर्षौंसम्म हेक्का राखेर सबैभन्दा बढी सही ठहरेको कुरालाई चलनमा ल्याए होलान् । प्रचलनहरू नाता सम्बन्ध हुँदै एक ठाउँबाट अर्को ठाउँमा बिस्तार भए होलान् साथै एक पुस्ताबाट अर्को पुस्तामा सरे होलान् । 

चक्रवात, आँधी हुरी, अतिवृष्टि वा हिमपात असिना पानी, भूकम्प आदिका बारेमा पहिल्यै थाहा पाउने कुनै सूचक भएनन् होला । यी घटनाको कुनै सङ्केत वा सुइँको समेत नपाउँदा बनावटका कुनै उपाय गर्ने अवसर नपाएर धेरै विनाश भए होलान् । त्यसैले 'हुने हार, दैव नटार'  भन्ने उक्ति चलेको हुनुपर्छ ।

प्रविधिले गर्दा अहिले नियन्त्रित वातावरणमा खेती गर्न सकिन्छ, सिँचाइ सुविधा, उन्नत बिउ र खेती प्रविधि आदिले गर्दा बर्सभरि जुनसुकै दिन बिउ रोप्न र फलाउन सकिने भएको छ । त्यस्तै, धेरै प्रकोपका बारेमा तिनीहरू आउनुभन्दा पहिल्यै थाहा पाउन सकिन्छ र विपत्तिजन्य घटना घट्नु अगावै बनावटका उपाय गर्न सकिन्छ । समुदायमा भएका कतिपय प्रचलनहरूमा प्रविधिगत सुधार गरी विपत्तिमा कमी ल्याउन सकिन्छ ।

बाढी पूर्वसूचना : मचानदेखि मोबाइलसम्म

मकवानपुरबाट चितवन राष्ट्रिय निकुञ्जको सीमा हुँदै नारायणी नदीमा मिसिने राप्ती नदीका सीमावर्ती समुदायमा जङ्गली जनावर र बाढीले दुःख दिइरहन्छन् । ती समुदायमा मचानमा बसेर खेती खान आउने जङ्गली जनावरको निगरानी गर्ने र धपाउने पुरानो अभ्यास छ । यसैमा आधारित भएर विक्रम सम्बत् २०५९ देखि चितवनमा बाढी पूर्वसूचना प्रणालीको विकास गरिएको थियो । असारदेखि बर्षाऋतुका करिब एक सय दिन आलोपालो गरी मचानमा बसेर नदीको निगरानी गर्ने र नदी बढेर गाउँ पस्ला जस्तो भो भने गाउँलेलाई खबर गर्ने अभ्यास सुरु गरियो । 

काम गर्दै जाँदा दुई वटा चुनौती आए । मचानबाट राती बाढी देख्न गाह्रो भो, साथै घरघर पुगेर सूचना दिँदा समय बढी लाग्यो । समाधानका रूपमा शक्तिशाली फ्लासलाइट र चर्को बज्ने विद्युतीय साइरन ल्याइयो । फेरि, बिजुली गएर लाइट बाल्न र साइरन बजाउन सकिएन । चार्ज गर्न मिल्ने एसिड ब्याट्री ल्याइयो । भारतको महाराष्ट्रबाट हातले घुमाएर बजाउन मिल्ने साइरन ल्याइयो, हाते माइक पनि प्रयोग गरियो । 

गाउँमा टेलिफोन आएपछि नदीको माथिल्लो भेगबाट तल्लो तटीय क्षेत्रका समुदायमा पनि खबर गर्ने व्यवस्था मिलाइयो । मकवानपुरको रजैया स्टेसनमा काम गर्ने जल तथा मौसम विज्ञान विभागका गज रिडरले बाढीको सूचना दिएर सहयोग गर्न सहमत भए । यसपछि मकवानपुरतिरबाट आउने बाढीको बारेमा कम्तीमा दुई घण्टा अगावै थाहा हुने भयो । स्थानीय कार्यदलले समुदायमा खबर गरी सबै सुरक्षित ठाउँमा विधि अपनाइयो । समुदाय केन्द्रित बाढी पूर्व सूचनामा प्रणालीमा हाते साइरन र माइकको प्रयोग गर्ने चलन अहिले पनि छँदै छ ।

खबर पाएपछि समयमै प्रकोपबाट जनधनको सुरक्षा गर्ने उपायहरू गरिएन भने पूर्व सूचनाको कुनै अर्थ हुँदैन । प्रकोप पूर्वसूचनाको क्रियात्मक लक्ष्य कम्तीमा पनि जोखिममा भएका मानिसहरू र सार्न सकिने सम्पत्तिलाई समयमै सुरक्षित ठाउँमा पुर्याउनु हो । पूर्व सूचनाबाट अलि धेरै समय उपलब्ध भयो भने समुदायमा अन्य बनावटका काम पनि गर्न सकिन्छ । 

पछि, स्टेसनहरू स्वचालित बनाएर बाढीको तह चितवनको जिल्ला प्रशासन कार्यालयमा पढ्न सकिने बनाइयो । यसबाट रजैयामा राप्ती र देवघाटमा नारायणी नदीमा बाढीको अवस्था के छ भन्ने तत्क्षण थाहा हुने भयो । निश्चित स्तरभन्दा ठुलो बाढी भएपछि 'डिस्प्ले'मा साइरन बज्ने बनाइयो ता कि बाढी बढेमा दिउसो वा राति प्रशासनमा तत्कालै थाहा होस् र समुदायमा खबर गर्न सकियोस् । यसरी बाढी अनुगमन र सञ्चारमा उपलब्ध भएका आधुनिक प्रविधिहरूको मद्दतबाट बाढी पूर्वसूचना प्रणालीमा सुधार हुँदै गएको छ । 

अहिले केही दिन पहिले नै बाढीको सम्भावना थाहा पाउन सकिन्छ र बाढीको थप निगरानी गर्न सकिन्छ । जल तथा मौसम विज्ञान विभागले जोखिम क्षेत्रमा रहेका समुदायलाई मोबाइलमा सन्देश पठाउँछ । पैसा नलाग्ने नं. ११५५ मा फोन गरेर सोध्न पनि सकिन्छ । समुदायसँगको सहकार्यले यी परिवर्तन ल्याएको हो । 

प्रकोपको पूर्वानुमान

विभिन्न देश साथै अन्तर सरकारी निकायहरूको सहयोगमा जल तथा मौसम विज्ञान विभागले केही वर्षदेखि तीन दिनसम्मको वर्षाको पूर्वानुमान  गर्दै आइरहेकाे छ । ठुलो पानी पर्ने सम्भावना भएमा विभागले विशेष सूचना पनि जारी गर्छ र बाढी पहिरोको जोखिमका बारेमा सतर्क हुन सचेत गराउँछ । वर्षाका साथसाथै विभिन्न नदीमा रहेका बाढी मापन केन्द्रको तथ्याङ्कका आधारमा बाढीको जोखिमसम्बन्धी पूर्व सूचना उपलब्ध गराउँछ । 

पूर्वसूचनाका आधारमा बाढीको जोखिममा रहेका धेरै नदी तटका समुदायले बनावटका उपाय अपनाउने अभ्यास गरेपछि थाहै नपाई बाढी पसेर हुने जनधनको नोक्सानी उल्लेख्य रूपमा कम भएको छ । केही वर्ष यता पूर्वानुमानहरूको विश्वसनीयता बढ्दै पनि गएको छ । तथापि पूर्वानुमान शतप्रतिशत सही हुने सम्भावना कमै हुन्छ । यसर्थ, नदी किनारामा गेज गाडेर पानीको सतह नाप्ने, बाढीको स्तर अनुसार साइरन बजाउने, पहेँलो र रातो झन्डा देखाएर सूचना दिने साथै समुदायका स्वयंसेवी कार्यदलले जोखिममा रहेकाहरूलाई उद्धार गर्ने परिपाटीलाई थप सुदृढ गर्दै लैजानुपर्छ ।

विगत केही वर्षदेखि वर्षा ऋतुभरमा के कति पानी पर्न सक्ला भन्ने अनुमान चैत-वैशाखतिर सार्वजनिक गर्ने चलन छ । यसबाट विपद् व्यवस्थापन अधिकारीहरूलाई उपयोगी जानकारी प्राप्त हुन्छ । विश्व मौसम सङ्गठनको समन्वयमा यी प्रयत्नहरूले मौसमजन्य प्रकोपको पूर्वानुमान र अनुगमन गर्न अन्तर्राष्ट्रिय सहकार्यलाई प्रोत्साहन गरिरहेका छन् । क्षेत्रीय एवं राष्ट्रिय स्तरमा आगामी २४ घण्टा देखि ३ सम्मको वर्षा पूर्वानुमान साथै ७ दिन, १० दिन, १५ दिनसम्मको वर्षाको परिदृश्य पूर्वानुमान गर्ने अभ्यासहरू हुँदै छन् । लामो अवधिको पूर्वानुमान मिल्ने सम्भावना कम हुन्छ । त्यसैले प्रायः ७ दिन सम्मका मौसमी प्रक्षेपणहरू मात्र अलि बढी चासो दिएर सार्वजनिक गरिन्छ । तीन दिनसम्मका वर्षाका पूर्वानुमानहरू नियमित रूपमा प्रकाशन हुन थालेका छन् ।

निश्चित समयमा परेको मात्राका आधारमा जस्तै- एक, तीन, छ, बाह्र वा चौवस घण्टामा कति पानी पर्यो भन्ने हिसाबले वर्षा नापिन्छ । जल तथा मौसम विज्ञान विभागले नेपालमा १ घण्टामा ६० मिलिमिटर, तीन घण्टामा ८० मिलिमिटर, छ घण्टामा १०० मिलिमिटर, बाह्र घण्टामा १२० मिलिमिटर वा चौबिस घण्टामा १४० मिलिमिटर भन्दा बढी वर्षा भए पहिरो, बाढी जस्ता प्रकोप हुन सक्ने भनी सँघार निर्धारण गरेको छ । यदि यी अवधिमा उल्लेखित भन्दा बढी पानी पर्यो भने बाढी पहिरो जान सक्छ भनेर सूचना गरिन्छ ।

तापनि, स्थानीय जलाधारको परिस्थिति अनुसार वर्षाले यी सँघार नकाट्दै पनि प्रकोप हुन सक्छ । पहिरो, बाढीको लागि वर्षाको साथसाथै जमिनको पानी सोस्ने क्षमता, भिरालोपना, भू-बनावट र भू-उपयोग जस्ता जलाधारका परिस्थितिहरू कारक हुने हुनाले वर्षाको आधारमा मात्रै गरिने बाढी पूर्वानुमान वास्तविक घटनासँग सबै नमिल्न सक्छ । त्यसैले सामुदायिक विपद् व्यवस्थापन समिति र स्थानीय सरकारले आफ्नो र आसपासको परिस्थितिको गहन लेखाजोखा गर्नु वाञ्छनीय हुन्छ ।

विपद् जोखिमको ज्ञान र व्यवस्थापकीय अनुभव

विस्तृत सर्वे र कम्प्युटर मोडेल प्रयोग गरी बाढीको मात्रा अनुसार विभिन्न समुदायलाई हुन सक्ने सम्भावित असरको नक्शाङ्कन गरिन्छ । यसको आधारमा समुदायमा सम्भावित खतरा पूर्वानुमान गर्न सकिन्छ । बाढी नाप्ने केन्द्रमा नदीको पिँधदेखि माथि कुनै उचाइसम्मको बाढीलाई सामान्य तह र बाढी बढेर त्यो पार गरी माथि पुगेपछि क्रमशः सतर्कता तह, चेतावनी तह र खतरा तह निर्धारण गरिन्छ । नदीपिच्छे यी तहहरू फरक हुन्छन् । एउटै नदीमा पनि विभिन्न समुदायका लागि यो फरक पर्न सक्छ । जस्तो कि कर्णाली नदीको चिसापानीमा रहेको बाढी मापन केन्द्रमा नदीको जलस्तर पिँधबाट बाढी तह नौ मिटर पुग्दा कुनै समुदायलाई सतर्कता तह हुन्छ भने कुनै समुदायलाई चेतावनी । त्यस्तै १० मिटर पुगेपछि कसैलाई चेतावनी र कसैलाई खतरा तह हुन्छ । समुदायको अवस्थिति अनुसार कतै सानो बाढी आउँदा पनि गाउँमा पस्ने खतरा हुन्छ भने कुनैमा अलि ठुलो बाढी मात्र पस्ने खतरा हुन्छ । 

समुदायमा स्वयंसेवकहरूले बाढीको स्तर अनुसार साइरन बजाएर, माइकबाट भनेर, असक्त भएका घरमै गएर, पहेँलो र रातो झन्डा देखाएर सूचना सङ्केत दिने गर्नुपर्छ । सतर्कता तहमा समुदायले सजग हुने, बाढी र वर्षाको निगरानी गर्ने, सामान सुरक्षित ठाउँमा राख्ने, आफू सुरक्षित ठाउँमा जाँदा सँगै लैजाने सामान ठिक्क पारेर राख्ने आदि तयारीका काम गर्नुपर्छ । चेतावनी तहमा अपाङ्गता भएका, बिरामी लगायतका सुरक्षित ठाउँमा जान अरूको सहयोग चाहिने मानिसहरूलाई सावधानीपूर्वक सुरक्षित आश्रय स्थलमा लैजाने, बस्तुभाउ सुरक्षित ठाउँमा सार्ने आदि कामहरू गर्नुपर्छ । खतरा तहमा बाढी पुगेपछि आफूसँग लैजाने सामान लिई सबै सुरक्षित ठाउँमा जानुपर्छ । 

विक्रम सम्वत् २०७१ मा बबई नदीमा बाढी आयो । जिल्लाका अधिकारीहरूले पहिल्यै सूचना पाउँदा पनि बेवास्ता गरेको हुँदा अनपेक्षित रूपमा बढी धनजनको क्षति भयो । अधिकारीहरूले पूर्वसूचना प्रणालीले नै काम नगरेको भनेर विभिन्न बहाना बनाउन परेको थियो । कति मात्राको वा कुन विन्दुसम्मको बाढी आफ्नो लागि सजग, चेतावनी वा खतरा हो र पूर्वसूचना पाएपछि आफूले के गर्ने भन्ने सम्बन्धित समुदाय र विपद् व्यवस्थापन गर्न जिम्मेवार सबै अधिकारीहरूलाई जानकारी हुनुपर्छ । उनीहरूले इमानदारीपूर्वक विपद् प्रतिकार्य विधिको पालन गर्नु गराउनु पर्छ ।

पहिले सञ्चारका साधनहरू कम थिए र तिनमा सबैको पहुँच पनि थिएन । हिजोआज वर्षा वा बाढीको जोखिमका सूचना रेडियो, टेलिभिजन, मोवाइलफोनमा सन्देश, इन्टरनेटमा आधारित सामाजिक सञ्जालहरू (फेसबुक, ट्विटर आदि), टेलिफोनबाट सकेसम्म छिट्टै सम्बन्धित समुदायमा पठाइन्छ । यिनै सन्देशहरूलाई जनबोलीमा पूर्वसूचना भनिन्छ । पूर्वसूचना प्रणालीमा मौसमको अनुगमन, बर्षामापन, बाढी जस्ता प्रकोपको पूर्वानुमान र निगरानी देखि समुदायले सुरक्षित हुन र क्षति कम गर्न गरिने वचावटका कामहरू समेत समेटिएका हुन्छन् । 

विज्ञान प्रविधि, साथसाथै अभ्यास पनि

मौसम विज्ञानमा भएको प्रगति र प्रविधिको विकासले वायुमण्डलमा भइरहेका गतिविधिहरू नियाल्न सकिने भएको छ । वायुमण्डलमा भइरहेका गतिविधिको अनुगमनबाट कतै प्रतिकूल मौसमी अवस्था वा कुनै प्रकोपजन्य घटनाको विकास हुन थाल्यो भने त्यसको बारेमा तत्कालै थाहा पाउन सकिन्छ । मानिसका गतिविधिका कारण वायुमण्डलमा भएको हावाको संरचनामा परिवर्तन भएको, त्यसका कारण वायुमण्डलमा रहेको ताप शक्ति बढेर जलवायु परिवर्तन भइरहेको थाहा हुन सकेको छ । जलवायु परिवर्तनबाट भविष्यमा झन् ठुला प्रकोपका साथै अन्य गम्भीर प्रभावले जीवन र जगतमा अनपेक्षित सङ्कटहरू ल्याउन सक्ने पूर्वानुमानहरू भएका छन् । 

अहिले समुद्रमाथि चक्रवात उत्पन्न भई कुन दिशामा बढिरहेको छ भनी तत्कालै अनुगमन गर्न सकिन्छ । त्यसले कति शक्तिशाली आँधी सिर्जना गर्न सक्छ, त्यो आँधी कुन क्षेत्रमा कहिले झर्छ भन्ने पूर्वानुमान गर्न सकिन्छ । भू-उपग्रह एवं दूरसंवेदन प्रविधिबाट यस्ता प्रक्रियामा हरदम निगरानी गरिन्छन् । निगरानीबाट पाएका जानकारीको विश्लेषण गरी त्यसको नतिजा तत्कालै सम्बन्धित विपद् व्यवस्थापन अधिकारीहरू र आम मानिसहरूलाई खबर गर्न सकिन्छ । त्यसैले अब प्रकोप हुन सक्ने भेउ समयमै पाउन र प्रकोपबाट हुने विनाश कम गर्न सकिने सम्भावना बढ्दै गएको छ ।

विश्वका विभिन्न देशमा गरिएका अभ्यासहरूबाट पूर्वानुमानका आधारमा प्रकोप नआइपुग्दै गरिएका तयारी र बनावटका उपायहरू निकै प्रभावकारी भएका देखिएका छन् । घटनापछि गरिने उद्धार र राहतमा लाग्ने भन्दा कैयौँ गुणा कम खर्च र कम मिहिनेतमा जनधन जोगाउन सकिने उदाहरणहरू छन् । भारतको उडिसा राज्यमा विक्रम संवत् २०५६ मा 'सुपर साइक्लोन' नामको आँधीमा दसौँ हजार मानिसको ज्यान गएको थियो । विक्रम संवत् २०७१ आएको उस्तै खतरनाक हुडहुड नामको आँधीमा त्यहाँ निकै कम मानवीय क्षति (२५ जनाको मृत्यु) भयो । भारतको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले गरेको समीक्षा अनुसार पूर्वसूचनाको आधारमा यथेष्ट तयारी गरेकाले उडीसामा मृत्यु घटाउन सकिएको थियो । नेपालमा पूर्वसूचनाको प्रभावकारी अभ्यास हुन नसकेकोले हुडहुड आँधीले अन्नपूर्ण हिमाली भेगमा ल्याएको हिमपात र पहिरोका कारण ५९ मृत्यू भएकाे , कम्तीमा ४० जना हराएका र १७५ जना घाइते भएका थिए । 

खबर पाएपछि समयमै प्रकोपबाट जनधनको सुरक्षा गर्ने उपायहरू गरिएन भने पूर्वसूचनाको कुनै अर्थ हुँदैन । प्रकोप पूर्व सूचनाको क्रियात्मक लक्ष्य कम्तीमा पनि जोखिममा भएका मानिसहरू र सार्न सकिने सम्पत्तिलाई समयमै सुरक्षित ठाउँमा पुर्याउनु हो । पूर्वसूचनाबाट अलि धेरै समय उपलब्ध भयो भने समुदायमा अन्य बनावटका काम पनि गर्न सकिन्छ । 

निगरानी गरेको ठाउँबाट प्रकोपलाई समुदायसम्म पुग्न लाग्ने समय (अग्रिम समय) र खबर पाएपछि समुदायलाई आफू भएको ठाउँबाट पूर्वनिर्धारित सुरक्षित ठाउँमा पुग्न लाग्ने समय (अवसर) एकदमै महत्त्वपूर्ण हुन्छन् । आँधी वा बाढीको खबर पाएपछि त्यो आइ नपुग्दै सुरक्षित हुन सकियो भने मात्र पूर्वसूचनाको लक्ष्य पुरा हुन्छ । त्यसैले अग्रिम समय जति धेरै भयो, उति नै राम्रो । अनि जति छिट्टै सुरक्षित ठाउँमा पुग्न सक्यो त्यति नै राम्रो । भूकम्प, चट्याङ, पहिरो जस्ता प्रकोपहरू तत्कालै हुने हुनाले चाहिने जति अग्रिम समय पाइँदैन, पूर्वसूचना उपयोगी नहुने सम्भावना बढी हुन्छ । चक्रवात र वर्षाको पूर्वानुमान एक देखि तीन दिन अगावै गर्न सकिने भएकाले तिनको पूर्वानुमानमा आधारित भएर सुरक्षित हुन र धनमालको क्षति कम गर्न मनग्गे समय हुन्छ ।  

समुदायमा सबै मानिसहरू एकै किसिमको अवस्था र क्षमता भएका हुँदैनन् । भाषा, संस्कार, उमेर अवस्था, अपाङ्गता आदि कारणले मानिसहरूलाई पूर्वसूचना थाहा पाउन, थाहा पाएपछि अब के गर्ने ? भनेर निर्णय गर्न र सुरक्षित हुन विभिन्न कठिनाइ हुन्छन् । उनीहरूलाई तत्कालै बाहिरी सहायता चाहिन सक्छ । खास गरी आर्थिक, सामाजिक र व्यक्तिगत कारणले कमजोर क्षमता र बढी संवेदनशील परिवारहरू नै जोखिम धेरै भएका क्षेत्रमा बसोबास गर्न बाध्य हुन्छन् । 

जल तथा मौसम विज्ञान विभाग र समुदायका जस्तै अरु सङ्घ संस्थाका पनि आ-आफ्ना भूमिका र जिम्मेवारी हुन्छन् । विपद् व्यवस्थापन गर्न जिम्मेवार निकाय र अधिकारीले प्रकोपको प्रकृति, मात्रा र सम्भावित खतराका साथै समुदायका विभिन्न पुलहहरूलाई ध्यान दिनुपर्छ । जोखिममा रहेका समुदायको जिउधनको रक्षा गर्ने सामूहिक लक्ष्य हासिल गर्न परस्परमा समन्वय गरी विधिपूर्वक आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ । पूर्वसूचनाको उपलब्धता र समुदायसँग मिलेर काम गरी प्रकोपबाट हुने विनाश कम गर्नु सबैभन्दा महत्त्वपूर्ण कडी हो ।

तैपनि, हिजोआज सबैजसो निकायहरूले जल तथा मौसम विज्ञान विभागबाट पाएका सूचना पुनःप्रशारण गर्ने गरेको पाइन्छ । विभागले उत्पादन  गरी प्राप्त पूर्वसूचनालाई देउसी भैलोको तालमा दोहर्याएर विपद् व्यवस्थापनको कार्यभार पुरा हुँदैन । केवल प्रकोपको खबर पठाएर मात्र जिम्मेवारीबाट पन्छिन मिल्दैन । विपद्को जोखिममा रहेका समुदायहरूको परिस्थिति कस्तो छ ? उनीहरूलाई के सहायता चाहिएको छ ? उनीहरूले पूर्वसूचना प्रणालीको उपयोग गर्ने उपयुक्त तौर तरिका के हुन सक्छन् ? र, कसरी सफलतापूर्वक विपत्तिको सामना गर्ने  ?  भन्ने बुझेर  पूर्व सूचनाको  उपयाेग गर्न सक्नु पर्छ ।

 यो लेख लोक सम्वाद पत्रिकामा श्रावण २७ गते प्रकाशित भएको थियो। 

 

[Thompson Reuters Foundation News]Farmers fear hunger as floods worsen pandemic woes in western Nepal

By Aadesh Subedi

August 7, 2020

Thomson Reuters Foundation 

 

Before the coronavirus pandemic hit, Nepali farmer Ganga Bahadur Sahi would go to India for six months a year to work as a labourer, earning money to feed his family of five.

 

This year he came back early to his home in Bhajani municipality in Nepal's Far West region after COVID-19 started spreading rapidly in India. But his problems didn't end there.

 

"Now this flood has devastated my crop fields," said the 45-year-old, who is staying with a relative after his house and paddy field were inundated.

 

"If this continues, the leaves will turn yellow and the roots will start decaying," added Sahi in an interview conducted remotely for the Thomson Reuters Foundation, pointing to his rice plants.

 

"I also need to renovate my house after this water level drops down, but I don't have enough money to do that," he said.

 

With grim harvest prospects and his job in India gone, Sahi worries whether he will be able to provide food for his family and continue paying for the education of his two sons.

 

"Sadly, I don't have any options other than agriculture as I am not able to afford a loan from the bank during this challenging time," he added.

 

On Thursday, the Red Cross said almost 17.5 million people had been affected and more than 630 killed by major floods and landslides in India, Bangladesh and Nepal so far this monsoon season, including almost 200 dead or missing in Nepal.

 

The flooding puts many vulnerable people at growing risk of malaria, dengue and diarrhoea, the international humanitarian agency warned, while treating such diseases could be complicated by South Asia's worsening COVID-19 pandemic.

 

According to NASA's Earth Observatory, the low-pressure systems of Asia's summer monsoon have been especially strong and stationary this year, allowing them to draw even more moisture from the Indian and Pacific oceans and deliver it to land.

 

In Bhajani municipality, Raja Ram Chaudhary, another local farmer, usually heads to India to buy food if the harvest is not enough for his family - but said that is no longer possible.

 

"All my crops are at risk of damage and I cannot even go to India if I face food shortages as the borders are closed due to the pandemic," said Chaudhary, who is staying in a tent erected on the postal highway, where many displaced families are living.

 

"I have never seen such a huge flood around this area," he added.

 

 FOOD SHORTAGES AHEAD

 

Bikram Chaudhary, chairperson of one of Bhajani's worst-hit wards who is not related to Raja, said the flooding had been caused by heavy rains swelling four major rivers.

 

"We were already struggling with one big problem (coronavirus) and then this disaster struck us," he said.

 

According to district data, there have been about 50 cases of COVID-19 in Bhajani, which has a population of nearly 60,000.

 

The flooding has killed at least three people in Kailali district, where Bhajani is located, destroyed or damaged more than 4,700 homes and displaced more than 2,600 families.

 

Chaudhary noted it was almost impossible to maintain social distancing and take precautions to avoid the spread of infection while rescuing and lodging people made homeless by floods.

 

They are forced to stay in close proximity in the small number of shelters available or at roadside camps.

 

Almost 75% of rice fields in Bhajani were flooded and manure compost needed for the winter crops was swept away, which could dent yields, said ward chairman Chaudhary.

 

Pests like armyworm are meanwhile destroying other staple crops like maize, though farmers here plant less maize than in other areas, he said.

 

"Many people are now unemployed and with crops in the field devastated by floods, we are sure to face food shortages and hunger soon," he warned.

 

To provide employment for returned migrants, the municipality is planning to use manual labour instead of machinery for some public works like road-building, he noted.

 

Funds have also been allocated to provide training and subsidies for farmers to grow spring-season rice which could help make up for current losses to flooding, he added.

 

 

WARNING NOT ENOUGH

 

Dharam Uprety, South Asia climate lead for international development charity Practical Action, which works to reduce disaster risk across Nepal including in Kailali, said floods of this magnitude had not been seen there for more than 40 years.

 

Moreover, the response had been hampered by "psychological terror in the rescue team caused by coronavirus and inability to take precautionary measures due to limited resources", he said.

 

Early warning systems installed in river basins by the government and aid partners had reduced loss of life by alerting people four to six hours in advance of the floods, he added.

 

"However this technology cannot help significantly to reduce loss of field crops and property," he said, although some people were able to take stored grain and valuables to a safer place.

 

To protect communities better in future weather disasters, it was important to expand crop insurance and help people find new ways to make a living, he said.

 

For instance, they could focus on growing high-value crops like jute, which can be woven into a sturdy cloth.

 

"Migrant workers who are largely unemployed should be provided resources and technology to be engaged in ... cash-oriented agriculture rather than the subsistence agriculture widely prevalent in Nepal," he said.

Original link can be found here

Photo caption: Raja Ram Chaudhary stands in a flood-affected area of his village in Kailali district, Nepal, on August 1, 2020 Thomson Reuters Foundation/HANDOUT/Lokendra Singh